मैदी तालमा माछा पाल्दै सहकारी

समाधान संवाददाता २०८० पुष १२ गते १२:२०

पोखरा, ११ पुस
उचित रुपमा संरक्षण नहुँदा पोखराका केही ताल पोखरी जस्ता भएका छन् । यहाँको मैदीतालमा अहिले सहकारीले माछापालनसहित ताल संरक्षण गरिरहेको छ । पहिले चारैतिर घाँसले ढाकिएको तालको ८० प्रतिशत भागमा अहिले पानी देखिन्छ ।


स्थानीयले मैदीताल मत्स्य तथा कृषि पर्यटन सहकारी स्थापना गरी आयआर्जनसँगसँगै ताल संरक्षण गरेका हुन् । सहकारीले मंगलबार तालमा माछाका भुरा छोडेर आफ्नो तेस्रो वार्षिक साधारण सभा मनाएको छ । सभामा पोखरा ३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीले स्थानीय स्रोत र साधानको स्वरुप नबिगारी जनताकै लगानीमा उत्पादनतर्फ अग्रसर हुन अनुरोध गरे ।


पोखरा महानगरपालिका सहकारी विभागका संयोजक रविरमण तिवारीले सहकारीले स्थानीयको लगानी सुरक्षित गर्दै उत्पादन र रोजगारीलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिए । संस्थाका अध्यक्ष भरतप्रसाद तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा ३० का वडा सदस्य विनोदप्रसाद लामिछाने, लेखनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, पोखरा ३० का पूर्ववडाध्यक्ष श्रीराम पोखरेल, वेगनासताल धार्मिक विकास समितिका राममणि अधिकारी, लेखनाथ खानेपानी उपभोक्ता संस्थाका सचिव नारायणी भट्टराई, उपाध्यक्ष दुर्गा सुवेदी, निवर्तमान अध्यक्ष भरतराज न्यौपाने, सचिव कल्पना गौतम लगायतले एक सहकारी, एक उत्पादनमा जोड दिन आग्रह गरे ।

Advertisement


यो सहकारीमा १ हजार ३ सय सेयर सदस्यको १ करोड १४ लाख ९६ हजार सेयर पुँजी छ ।

Advertisement

तपाईको प्रतिक्रिया