राम मन्दिर अध्यक्षमा रेश्मा

समाधान संवाददाता २०८० पुष १२ गते १२:२७

पोखरा ।
पोखरा ३१ बेगनासताल स्थित राम मन्दिर संरक्षण समितिको अध्यक्षमा रेश्मा त्रिपाठी चयन भएकी छन् । समितिको आठौं साधारणसभा तथा दोस्रो अधिवेसनबाट सर्वसम्मत चुनिएको समितिको उपाध्यक्षमा शालिकग्राम लामिछाने, सचिव प्रभा भुजेल, कोषाध्यक्ष विष्णु आचार्य, सहसचिव सुनील दाहाल र सहकोषाध्यक्षमा अस्मिता कोइराला छन् ।


सदस्यमा पार्वती रिमाल, कृष्णप्रसाद त्रिपाठी, सकुन्तला आचार्य, महेन्द्र लामिछाने, जीवन गौतम, रुपा ढुंगाना, चन्द्रा ढकाल, सम्मरबहादुर भुजेल र मंगलीदेवी लाछिाने छन् । मुराहरि कोइराला, वसन्त.प्रसाद त्रिपाठी, राममणि अधिकारी र रवीन्द्र अधिकारी सल्लाहकार चयन भएका छन् ।


कार्यक्रममा समाजसेवी राममणि अधिकारीले स्थानीय स्तरमा धार्मिक तथा पर्यटक क्षेत्रको संरक्षण गनुपर्नेमा जोड दिए । उनले यस समितिले नेपालको धार्मिक तथा सांस्कृतिक संरक्षण र पर्यटन प्रर्वद्धनमा खेलेको भूमिकाको प्रशंसा गरे । समितिका अध्यक्ष हरिप्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष त्रिपाठीले यस क्षेत्रको धार्मिक तथा पर्यटन विकासमा सबैसँग समन्वय गरी अगाढि बढ्ने प्रतिवद्धता जनाइन् ।

Advertisement


सभाले कोषाध्यक्ष विष्णु आचार्यले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया