पोखरा सडक महोत्सव

पर्यटन प्रवद्र्धनका लागि कोशेढुंगा

समाधान संवाददाता २०८० पुष १२ गते १६:४०

पोमनारायण श्रेष्ठ
अध्यक्ष, पोखरा पर्यटन परिषद् ।
अंग्रेजी नयाँ वर्षको अवसरमा रेवान पोखराले गर्ने पोखरा सडक महोत्सवले पोखरा आसपासको पर्यटन प्रवद्र्धनका लागि सघाएको छ । २५ औं संस्करणको महोत्सवले आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धनमा उल्लेखनीय भूमिका खेलेको छ । पर्यटकीय गतिविधि बढाउन हरेक ठाउँमा गरिने मेला, महोत्सवहरुको आआफ्नो विशेषता हुन्छ, भने बर्सेनि गरिने सडक महोत्सवले छुट्टै ब्रान्ड बनाएको छ ।


महोत्सव नेपालको एकदम व्यवस्थित महोत्सवमा पर्छ । अफ सिजनमा पर्यटक बढाउनको लागि महोत्सवको योगदान छ । राम्रो रुपमा लामो समयसम्म चलेको महोत्सव सबै पोखरेलीको महोत्सव बनेको छ । पोखराका पर्यटन क्षेत्रका सबै संघ, संस्थाको महोत्सवलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न सहकार्य रहेको छ । निजी क्षेत्रले थालेको महोत्सवले आर्थिक गतिविधि बढाउन सघाएको छ । स्थानीय उत्पादनहरुको बजारीकरण भएका छन् । कला, संस्कृतिको जगेर्ना भएको छ । महोत्सव लोप हुन लागेको कला संस्कृतिको प्रवद्र्धन गर्ने मञ्च पनि भएको छ ।


सडकमै खाऔं, सडकमै रमाऔं भन्ने नाराका साथ हुने महोत्सवले अरु समयमा बढी भन्दा बढी पर्यटन ल्याउन सघाएको छ । पोखरा सडक महोत्सव पोखराको मात्र नभएर समग्र नेपालको ब्रान्डका रुपमा स्थापित भएको छ । आन्तरिक र वाह्य पर्यटन प्रवद्र्धनका लागि कोशेढुंगा साबित भएको महोत्सवले अन्तर्राष्ट्रिय रुपमा समेत ख्याति कमाएको छ । सडक महोत्सवको सञ्चालन व्यवस्थापनमा ध्यान दिँदै सडक महोत्सवले सयौं सस्करण पार गरेर संसारभर इतिहास रच्न सकोस् भने शुभकामना व्यक्त गर्दछु ।

Advertisement

तपाईको प्रतिक्रिया