नेपाल रेडक्रस सोसाइटी पोखरा ८ को सभा

समाधान संवाददाता २०८० पुष २३ गते ११:४२

पोखरा ।
नेपाल रेडक्रस सोसाइटी (नेरेसो) पोखरा–८, उपशाखाले १७ औं साधारण सभा पुस २१ गते शनिबा सम्पन्न गरेको छ ।

कार्यक्रममा क्षेत्र नम्बर ३ का सांसद दामोदर शर्मा, जनप्रिय बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र नारायण बिजुक्छे, समाजसेवीद्वय परशुराम बराल र रमेश बराल, पूर्व सभापति सोमनाथ बरालले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको सभापतित्व पोखरा–८, उपशाखाका सभापति सीता पाण्डेले गरेकी थिइन् । उक्त कार्यक्रम नेरेसो कास्कीका सभापति डण्डराज शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन उपशाखा सदस्य कुलमाया क्षेत्री गरेकी थिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया