भिमाद दुर्घटना अपडेट

३ जना गम्भिर घाइतेलाई पाेखरा ल्याइदै, ८ जना घाइतेको जिपी अस्पतालमा उपचार हुँदै

समाधान संवाददाता २०८० पुष २५ गते ११:३८

पोखरा ।

पाेखराबाट पाल्पाकाे रामपुर जाँदै गरेको जिप तनहुँको भिमाद गाउ पालिकाकाे मिथिलिङ डाडामा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

प्रहरी अधिकारी गणेश सुवेदीका अनुसार घाइते सबैकाे उद्धार गरिएको छ । दुर्घटनामा परी गम्भिर घाइते भएका ३ जनलाई पोखरा ल्याइदै छ भने ८ जनाको दुलेगाैडा स्थित जिपी काेइराला मेमोरियल अस्पलतामा उपचार भैरहेको छ ।

Advertisement

पाेखरा ल्याइका ३ जना मध्ये २ जनाको अवस्था चिन्ताजनक रहेकाे सुवेदीले बताए । उनीहरुकाे पहिचान खुलेको छैन ।

तनहुँ प्रहरीका अनुसार फरक दिशाबाट आएको बसलाई साइड दिने क्रममा जीप सडकबाट झण्डै एक सय ५० मिटर तल झरेको थियाे ।

Advertisement

जिपमा चालकसहित १२ जना सवार थिए । सकुशल रहेका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया