मुस्ताङमा ८७५ जनाले लिए ई—पासपोर्ट, राष्ट्रिय परिचयपत्र दर्ता धमाधम

जोमसोम—हिमाली जिल्ला मुस्ताङमा नौ जना नागरिकले राष्ट्रिय परिचयपत्र कार्ड पाएका छन् ।जिल्ला प्रशासन कार्यालय मुस्ताङको राष्ट्रिय परिचयपत्र शाखामा दर्ता भएका कुल ७ हजार १२३ आवेदन मध्ये ९ जनाले राष्ट्रिय परिचयपत्र पाएका हुन् । जिल्ला प्रशासन कायायल मुस्ताङले चालु वर्षको पुस १ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरण गर्न सुरु गरेको हो ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचयपत्र वितरण कार्यविधि २०७५ बमोजिम जिल्ला प्रशासन कार्यालय मुस्ताङमा २०७७ साल साउन २८ गतेदेखि विवरण दर्ता प्रक्रिया अघि बढाएको थियो । मुस्ताङमा दर्ता गरिएका राष्ट्रिय परिचयपत्र विवरण मध्ये हालसम्म ३ हजार ५६५ जनाको परिचयपत्र कार्ड प्रिन्ट भई जिल्ला प्रशासन कार्यालय मुस्ताङमा आईसकेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । राष्ट्रिय परिचयपत्र मुस्ताङमा आईसकेपनि राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग वेवसाईडमा प्राविधिक समस्या आउँदा र आवेदन दिएका व्यक्तिको मोवाईल म्यासेजमा नपुग्दा राष्ट्रिय परिचयपत्र वितरण गर्न नसकिएको प्रजिअ पन्तले उल्लेख गरे ।
पछिल्लो समय ई—पासपोर्ट निकाल्न तथा स्थानीय तहबाट उपलब्ध हुँने सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य आवश्यक पर्ने भएकाले राष्ट्रिय परिचयपत्र दर्ता गर्नेको संख्या वृद्धि भईरहेको बताईएको छ । हिउँदयामको पुस महिनामा समेत दैनिक ४० देखि ५० जनाले राष्ट्रिय परिचयपत्रका लागि दर्ता गर्न आउने गरेको राष्ट्रिय परिचयपत्र शाखाका कम्प्युटर अपरेटर बुद्धिरत्न थकालीले जानकारी दिए । शाखामा आधा जसोको कार्ड आईसकेको भएपनि मोवाईल म्यासेज बक्समा प्रवाह गरिने सूचनामा प्राविधिक समस्या आएको बताए ।
सरकारले हरेक नागरिकको जैविक तथा व्यक्तिगत विवरण सुरक्षित भण्डार गर्दै सरकारी तथा गैरसरकारी सेवाप्रदायक संघसंस्थाको कामकाजलाई चुस्त÷दुरुस्त राख्न राष्ट्रिय परिचयपत्र वितरण अभियान थालिएको हो ।
सरकारले १६ वर्ष पुगेका नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने मापदण्ड तोकेको छ । वितरण गर्ने कार्डमा नागरिकलाई नदोहोरिने गरी युनिक कोर्ड दिइन्छ । जुन कोर्ड पञ्जीकरण विभागको केन्द्रमा सुरक्षित रहनेछ । परिचयपत्रको जैविक विवरणमा व्यक्तिको १० वटै औंलाको औंठा छाप र तस्बिर राखिने छ । व्यक्तिगत विवरणमा नामथर, वर्ण, उमेर, लिंग, ठेगाना, जन्म मिति, पतिपत्नीको नामथर र प्रमाणपत्र नम्बर हुनेछ ।
यसैगरी मुस्ताङमा आर्थिक वर्ष २०७९ साल जेठ २७ गतेदेखि विद्युतीय राहदानी (ई—पासपोर्ट वितरण सुरु गरिएको हो । राहदानी विभागको वेवसाईड मार्फत अनलाईन आवेदन भर्ने नागरिकले ई—पासपोर्टका लागि मुस्ताङबाट ९६८ जनाले सिफारिस गरेका थिए । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण शाखाका कम्प्युटर अपरेटर थकालीले विद्युतीय राहदानी ई—पासपोर्टका लागि सिफारिस भएका मध्ये ८७५ जनालाई ई—पासपोर्ट वितरण गरिएको जानकारी दिए । उनका अनुसार विभागबाट ई—पासपोर्ट प्रिन्ट भई वितरण गर्न बाँकी ४१ जना रहेको र ५० जनाको प्रिन्ट भई विभागबाट आउन बाँकी रहेको छ । उनले दैनिक ५० जनाले ई—पासपोर्टका लागि प्रक्रिया अघि बढाउन आउने गरेको उल्लेख गरे ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङले आर्थिक वर्ष २०७९÷०८० मा २६० जनालाई नयाँ नागरिकता वितरण गरेको छ । सोवर्ष नागरिकताको प्रतिलिपी २६७ जनालाई र २२ जनालाई नाबालक परिचयपत्र वितरण गरेको छ । आर्थिक वर्ष २०७८÷०७९ मा ३६३ जनालाई नयाँ नागरिकता, २१५ जनालाई प्रतिलिपी र २६ जनालाई नाबालक परिचयपत्र वितरण गरिएको थियो ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया