पद्म नर्सिङ होमको सहयोगमा स्वास्थ्य शिविर

समाधान संवाददाता २०८० पुष २९ गते १६:४२

पोखरा ।
पद्म नर्सिङ होम पोखरा–३, नदीपुरले शुक्रबार पोखरा–२७ लेखनाथ अर्घौचोकमा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर २७ को आयोजना र पद्म नर्सिङ होम प्रालिको प्राविधिक सहयोगमा अर्घौचोकस्थित गच्छाफाँटमा अवस्थित लेखनाथ मेमोरियल इङ्लिस बोर्डिङ स्कुलको प्रांगणमा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।


निःशुल्क स्वास्थ्य शिविरमा ८ सय ५० भन्दा धेरैको स्वास्थ्य परीक्षण गरिएको पद्म नर्सिङ होमका प्रबन्ध निर्देशक नरेन्द्र बास्तोला जानकारी दिए । बास्तोलाका अनुसार शिविरमा २ सय ९३ जना जनरल मेडिसिन सम्बन्धी, २ सय ८ जना आँखा सम्बन्धी, १ सय ५ जना हाडजोर्नी तथा नसारोग सम्बन्धी, ८७ जना स्त्रीरोग सम्बन्धी, ५७ जना नाक कान घाँटी रोग सम्बन्धी र ५५ जना बालरोग सम्बन्धी, ४८ जना बाल दन्तरोग सम्बन्धी बिरामीहरुको निः शुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।


शिविरमा १ सय ४२ जनाको भिडियो एक्सरे, १ सय ३८ जनाको ल्याब परीक्षण, ९३ जनाको मुटुको इसिजी गरिएको थियो भने बिरामीहरूका लागि आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको नर्सिङ होमले जनाएको छ ।

Advertisement


शिविरमा वरिष्ठ नेत्ररोग विशेषज्ञ प्रा. डाक्टर सचेत प्रभात श्रेष्ठ, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कुलदीप नारायण अग्रहरी, वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर राजन पौडेल, फिजिसियन डाक्टर सुदर्शन सुवेदी, फिजिसियन डाक्टर राजेन्द्र पौडेल, फिजिसियन डाक्टर कृष्णराज अधिकारी, डाक्टर प्रकाश भट्टराई, डाक्टर विक्रम अधिकारी, डाक्टर आश्ना बाटाजु, डाक्टर विज्ञान कोइराला लगायत चिकित्सकको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए ।


निःशुल्क स्वास्थ्य शिबिरमा स्वास्थ्यकर्मीहरु मेट्रोन रजनी पालिखे, रीता भट्टराई, जितेन्द्र पौडेल, ब्रह्मदेव महतो, सन्तोष अधिकारी, अञ्जना थापा, प्रतिभा परियार, राम विनोद महतो, शुदासा लामिछाने, प्रेमकुमारी थापा, पूनम गुरुङ, कृष्णकुमारी थापा, मीनकुमारी गुरुङ, मेनुका श्रेष्ठ, धीरज गौतम, अमृत थापा, सपना ढकाल, सुवर्ण गुरुङ, सुस्मिता अधिकारी, पुष्पा ढुंगाना, विशाल बराल, सुनिता श्रेष्ठ, प्रदीप न्यौपाने लगायतको टिमले बिरामीको स्वास्थ्य परीक्षणमा सहजीकरण गरेका थिए । लेखनाथ स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरु एवं पोखरा २७ का स्वयम सेविकाहरुले पनि शिविरमा सक्रिय भूमिका निभएका थिए ।

Advertisement


स्वास्थ्य शिविर कार्यक्रमको शुभारम्भ गर्दै पोखरा महानगरपालिका २७ का वडा अध्यक्ष पूर्णकुमार गुरुङले स्वास्थ्य संस्थाहरुले आफ्नो सेवालाई सहज र प्रवाभकारी बनाउदै सेवामूलक रुपमा अगाडि बढ्नुपर्नेमा जोड दिए । पद्म नर्सिङ होमसँगको सहकार्यमा आफ्नो वडाका नागरिकहरुलाई घरदैलोमा नै निःशुल्क उपचारको व्यवस्था गर्न पाउदा खुसी लागेको उनको भनाइ थियो ।


पद्म नर्सिङ होम पोखरा–३, नदीपुरका प्रबन्ध निर्देशक नरेन्द्र बास्तोलाले स्वास्थ्य संस्थाहरुको उत्तरदायित्व नाफामूलक मात्रै नभएकोले सेवा भावलाई अगाडि बढाउन आफ्नो संस्था तयार रहेको भन्दै गाउँ घरका दुरदराजमा रहेका जनता सम्म स्वास्थ्य सेवाको पहुँच पु¥याउन आफूहरु प्रयासरत रहने प्रतिबद्धता व्यक्त गरे ।

तपाईको प्रतिक्रिया