मणिपाल अस्पतालद्वारा शिविर

समाधान संवाददाता २०८० माघ ८ गते १६:५१

पोखरा ।
मणिपाल शिक्षण अस्पताल पोखराको प्राविधिक सहयोगमा इन्डियन पेन्सन क्याम्प पोखरा–१०, रामबजारको आयोजनामा मणिपाल अस्पतालका वरिष्ठ विशेषज्ञ चिकित्सकहरूद्वारा एक दिने निशुल्क मुटुरोगको शिविर सम्पन्न भएको छ । इसीएचएस अन्तर्गत गरिएको उक्त शिविरमा मुटुरोग विशेषज्ञद्वारा मुटु सम्बन्धी स्वास्थ्य सेवा तथा इसिजी परीक्षण सेवा निशुल्क प्रदान गरिएको थियो ।


आफ्नै गाउँटोलमा वरिष्ठ चिकित्सकहरुद्वारा स्वास्थ्य सेवा प्राप्त गरेकोमा शिविरमा आउने बिरामीले खुशी व्यक्त गरेका थिए । मणिपाल शिक्षण अस्पतालले सामाजिक दायित्व अन्तर्गत रहेर विशेषज्ञ चिकित्सक सहितको निशुल्क स्वास्थ्य सेवा विभिन्न स्थानमा संचालन गर्दै आइरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया