बालोदय माविमा स्वास्थ्य शिविर

समाधान संवाददाता २०८० माघ १२ गते १२:३८

पोखरा ।
बालोदय माविमा मुख तथा दन्त स्वास्थ्य सम्बन्धी जनचेतनामूलक स्वास्थ्य शिविर सम्पन्न भएको छ । विद्यालयमा स्थापित विद्यार्थीहरुको संस्था जुनियर रेडक्रस सर्कलको आयोजना, विद्यालय प्रशासनको व्यवस्थापन तथा पैरवी हेल्थ एण्ड डेन्टल केयर सेन्टर न्युरोडको प्राविधिक सहयोगमा सञ्चालित उक्त क्याम्पमा विद्यालयमा अध्ययनरत विद्यार्थी एवं कार्यरत शिक्षक कर्मचारीहरूको मुख तथा दाँत सम्बन्धी स्वास्थ्यको जाँच गरिएको थियो ।


मुख तथा दन्त स्वास्थ्य कसरी राम्रो राख्न सकिन्छ भन्ने विषयमा विद्यार्थीहरुका लागि चेतनामूलक कार्यक्रम पनि सम्पन्न भएको विद्यालयका जुनियर रेडक्रस सर्कलका शिक्षक नायक टंकप्रसाद पौडेलले बताए । क्याम्प माघ ८, ९ र १० गरी तीन दिनसम्म चलेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया