मादीमा स्वास्थ्य शिविर

समाधान संवाददाता २०८० माघ १५ गते १२:५३

पोखरा ।
कास्कीको मादी गाउँपालिका ४ सिमलचौर तारकाङमा आयोजित निशुल्क स्वास्थ्य शिविरमा २ सय ५३ जनाले स्वास्थ्य लाभ लिएका छन् ।


रोटरी क्लब अफ पोखरा मिडटाउन र इनरह्वील क्लब अफ पोखरा मिडटाउनको संयुक्त आयोजनामा शिविर भएको हो । इनरह्वील क्लब अफ पोखरा मिडटाउनकी एडिटर सृजना कार्कीले शिविरमा मादी गाउँपालिका, रोट्रयाक क्लब, हिमालयन आँखा अस्पताल, र परिवार नियोजनको सहकार्य रहेको जाइन् । शिविरका सहभागीलाई मेडिकल, सर्जिकल, अर्थो, ओविजी लगायतका सेवासमेत दिइएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया