सामुदायिक सेवा केन्द्र वगरको रक्तदान

समाधान संवाददाता २०८० फागुन ८ गते १०:३०

पोखरा ।
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा १ वगरको आयोजनामा ७४ औं प्रजातन्त्र दिवसको अवसरमा रक्तदान आयोजना भएको छ । पोखरा महानगरपालिका वडा नं १ को सहयोग तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा १ को सहकार्यमा भएको कार्यक्रममा ५६ जनाले रक्तदान गरे ।


कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले जिल्ला प्रहरी कार्यालय कास्की सामुदायिक प्रहरी शाखामा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षक होतबहादुर रोकाहलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम सुरुआत गरे । कार्यक्रममा जिल्ला प्रहरी उपरीक्षक थापा गण्डकी प्रदेश सरकारबाट उत्कृष्ट प्रहरी कर्मचारी घोषित भई पुरस्कृत भएकोमा बधाइ ज्ञापन गरिएको छ ।


थापाले सामुदायिक सेवा केन्द्र बगरका गतिविधि उत्कृष्ट र प्रभावकारी रहेको बताउँदै आगामी दिनमा पनि यस्ता कामलाई निरन्तरता दिन आग्रह गरे । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका उपमन्त्री रमा कोइरालाले रक्तदानबाट कसैको जीवन बचाउन सकिने जनाउँदै संघ, संस्थाकै सक्रियताले रगतको अभाव झेल्नु नपरेको सुनाइन् ।

Advertisement


कार्यक्रममा पोखरा १ का वडा सदस्य जुमकाजी गुरुङ, सामुदायिक सेवा एव सामुदायिक प्रहरी सेवा जिल्ला समन्वयका प्रथम उपाध्यक्ष मनापति भण्डारी, केन्द्रका संस्थापक अध्यक्ष सीता गुरुङ, पूर्व अध्यक्ष पुरुषोत्तम श्रेष्ठ, पूर्व अध्यक्ष जीवन अधिकारी, निवर्तमान अध्यक्ष रामभूषण पराजुली, सल्लाहकार प्रेमबहादुर गुरुङ, सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा लेखनाथका अध्यक्ष कृष्ण अधिकारी, एड्स रोग नियन्त्रण संघ कास्की अध्यक्ष विश्वमोहन गौचन, लागुपदार्थ नियन्त्रण समाज सुधार आमा समूहकी अध्यक्ष कल्पना बास्तोला, कार्यक्रम संयोजक बाबुराम भण्डारी, कोषाध्यक्ष कृष्णबहादुर तामाङ लगायतले बोलेका थिए ।


कार्यक्रम सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरका अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा भएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया