कांग्रेसको समर्थन फिर्ता

समाधान संवाददाता २०८० फागुन २३ गते १०:३९

काठमाडौं ।
नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई दिएको फिर्ता लिने निर्णय गरेको छ । पार्टीको कार्यसम्पादन समितिले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको कांग्रेस उपसभापति धनराज गुरुङले जानकारी दिए ।


‘हामीले पुष्पकमल दाहाललाई जुन समर्थन गरेका थियौँ, विश्वासको मत दिएका थियौँ । मंगलबारको बैठकबाट हामीले गरेको समर्थन फिर्ता लिएका छौँ,’ उनले भने । उपसभापति गुरुङले प्रचण्डलाई समर्थन गरेर दिएको विश्वासको मत फिर्ता लिने निर्णय गरेको बताए ।


नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले सोमबार कांग्रेससँगको सहकार्य तोडेर एमाले नेतृत्वको गठबन्धनसँग सहकार्य गरेका छन् । नयाँ सत्ता समीकरणमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपा छन् । गुरुङले संविधान कार्यान्वयनका लागि सत्तामा वा प्रतिपक्षमा जहाँ रहेर पनि कांग्रेसले साथ दिने बताए । संवैधानिक व्यवस्था अनुसार कांग्रेसले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले अबको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

Advertisement


कांग्रेसले २०७९ पुस २६ गते कार्यसम्पादन समिति बैठक गरेर प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको थियो । उपसभापति गुरूङले अब कांग्रेस प्रतिपक्षमा बस्ने पनि बताए । ‘सत्ताको चलखेलमा अब नलागौं भन्ने कुरा भएको छ,’ उनले भने ।

Advertisement

तपाईको प्रतिक्रिया