दूधपोखरी गाउँपालिकामा सामूदायिक प्रहरीको स्वास्थ्य शिविर

समाधान संवाददाता २०८० चैत २५ गते १५:३५

पोखरा ।

लमजुङकाे दूधपोखरी गाउँपालिका, २ भूम्लीचोकमा शनिबार भएको निशूल्क स्वास्थ्य शिविरबाट २ सय १० जना बिरामीले लाभ लिएका छन् । सामूदायिक प्रहरी सेवा पृथ्वीचोक र जाल्पा सामूदायिक लघुवित्तको संयुक्त आयोजनामा शिविर भएकाे हाे ।

संस्थाले सामाजिक दायित्वको पूरा गर्नका लागि विभिन्न सामाजिक कार्यजस्तै स्वास्थ्य शिविर गर्दै आइरहको संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत अशोककुमार आचार्य बताउँछन् ।

Advertisement

‘बैंक वित्तिय संस्था क्रण दिने सम्झन्छौँ । तर संस्थाले विभिन्न सामाजिक कार्यक्रम गर्दै आएका छौँ । त्यही अनुरुप हामीले स्वास्थ्य शिविर गर्दै आएका छौँ,’ अशोकले भने ।

स्वास्थ्य क्षेत्रमा बाहेक महिला स्वालम्बनको विषयमा पनि आफूहरु सोचेर विभिन्न काम गर्दै आइरहेको अशोकको भनाइ छ ।

Advertisement

यस्तै विकृति विसंगति रहित समाज निर्माणको जिम्मेवारी सबै नागरिकको रहेको सेवा केन्द्रका अध्यक्ष कमलबहादुर श्रेष्ठको भनाइ छ । समाजलाई विकृति रहित बनाउनका लागि विभिन्न सामाजिक कार्य र कार्यक्रमको आवश्यकता रहेको उनी बताउँछन् ।

भौगोलिक विकटताका कारण दूधपोखरी पालिकाका स्थानियको स्वास्थ्यमा सहज पहुँच छैन । सो समयमा सामाजिक संस्थाले पालिकामा आएर निशूल्क स्वास्थ्य शिविर सञ्चालन गरेकोमा पालिका अध्यक्ष धनप्रसाद गुरुङले आभारी प्रकट गरे । पालिका नागरिकको स्वास्थ्यमा गम्भीर रहेको सुनाउँदै स्वास्थ्य सम्बन्धि कार्यक्रम गर्ने उनको प्रतिबद्धता थियो ।

भौगोलिक विकटताका कारणपनि स्थानीयलाई सडक सञ्जालको समस्या छ । जसकारण स्वाथ्यमा सहज पहुँच पाउनलाई थप कठिनाइ छ । आफूले नागरिकको समस्या बुझेको गण्डकी प्रदेश सभा सदस्य पार्वती तामाङले बताइन् ।

‘केही वर्षमा बाटो बनिसक्छ । त्यसपछि हामी सुगमको भन्न पाइन्छ । विकास हुन्छ यो ठाउँको । मैले सबैको समस्या समाधान गर्न सक्छु सक्दिनँ तर म विकासको काम गर्छु,’उनले भनिन् ।

शिविरका लागि ३ सय ४५ जनाको दर्तामा जम्मा २ सय १० जनाले मात्र लाभ लिएका हुन् । सामाजिक कार्यमा अग्रसर रहि स्थानीय स्तरमा काम गर्दै आएको सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पृथ्वीचोकले यी बाहेक स्थानीय स्तरमा विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया