मुख्यमन्त्री कुर्चीको संघर्ष गर्दागर्दै अधिकारी र पाण्डे एउटै जहाजमा काठमाडौं

समाधान संवाददाता २०८० चैत २५ गते २१:०९

पोखरा ।


गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारी र निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे एउटै जहाजमा काठमाडौं जाने तयारी गरेका छन् ।


आइतबार नै अधिकारी मुख्यमन्त्री बने भने पाण्डे पदमुक्त भए । उनीहरु केन्द्रीय नेता भेट्न काठमाडौं जान लागेका हुन् ।
मुख्यमन्त्री अधिकारी पार्टी अध्यक्ष केपी शर्मा ओली भेट्न र पाण्डे सरकारविरुद्ध सर्वोच्च गुहार्न काठमाडौं जाने लागेका हुन् । पाण्डे दिउँसैदेखि काठमाडौं जान खोजेपनि मौसम खराबीका कारणले विमान उड्न सकेको छैन ।

Advertisement


विमानस्थलको भिआइपी कक्षमै कुरेर पाण्डे बसेका थिए । यता मुख्यमन्त्री अधिकारी सपथपछि कार्यभार समालेर केन्द्रीय अध्यक्ष ओली भेट्न काठमाडौैं जान लागेका हुन् । दुवै जना अन्तर्राष्ट्रिय विमानस्थलको भीआइपी कक्षमा भेट भएपछि वार्ता गरिरहेको फोटो सार्वजनिक भएको हो । दुवै जना हाँसिरहेको फोटो सार्वजनिक भएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया