सदनमा कांग्रेसको अवरोध, बैठक स्थगित

समाधान संवाददाता २०८० चैत २७ गते १३:४१

काठमाण्डाैं ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरु संसदमा उभिएर विरोध जनाएपछि बैठक स्थगित भएको हो ।

सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्। उनले आजै पुन: बैठक बस्ने पनि जानकारी गराएका छन्। कांग्रेस सचेतक सुशिला थिङले बोलेर गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय समिति गठन गर्न माग गर्दै समिति गठन नहुँदासम्म बैठक चल्न नदिने बताए लगत्तै सांसद उभिएका हुन् ।

Advertisement

कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ।

कांग्रेस सांसद उभिएपछि दलको तर्फबाट बाेल्न लागेका मनिष झाले बाेल्नै पाएनन् । उनलाई बोल्न नदिइ सभामुखले संसद स्थगित गरे ।

Advertisement

तपाईको प्रतिक्रिया