अर्घाखाँचीमा पोखराको स्वास्थ्यकर्मी परिवारको कार दुर्घटना, ७ यात्रु घाइते, १ जनाको मृत्यु

समाधान संवाददाता २०८० चैत २८ गते १३:१०

पोखरा
अर्घाखाँचीबाट पोखरा आउँदै गरेको कार पाणिनी गाउँपालिका–९ को कोलडाँडामा दुर्घटनामा हुँदा एक बालकको मृत्यु भएको छ । ७ जना गम्भीर घाइते भएका छन् ।


पोखरा महानगरपालिका–१२ की ३० वर्षीय सविता अधिकारी, वर्ष १५ का प्रजोल कँडेल र ४२ वर्षीय गीता कँडेल र १० वर्षीय जेसन बस्नेत पनि घाइते भएको प्रहरी निरीक्षक दीपेन्द्र रावलले बताएको सञ्चार माध्यमहरुले जनाएका छन् । सबै घाइतेको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिको कार अनियन्त्रित भई दुर्घटना हुँदा सडकबाट दुई सय मिटर तल खसेको छ । घटनाको थप अनुसान्धान भइरहेको उनले बताए ।


ग ३ च ४५७४ नम्बरको कार घुम्ती–पाल्पा सडक खण्डको कोलडाँडाको ओरालोमा दुर्घटना हुँदा कार दुर्घटना एक बालकको मृत्यु भएको हो । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–८ किमडाँडाका ६ वर्षीय आरम्भ क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा अर्घाखाँची अस्पतालमा मृत्यु भएको हो ।

Advertisement


दुर्घटनामा घाइते हुनेमा चालक ३४ वर्षीय ईश्वरी क्षेत्री, उनकी श्रीमती ३० वर्षीय सम्झना, उनकी छोरा इभान्स पनि छन् ।

पोखरामा स्वास्थ्यकर्मीका रुपमा कार्यरत उनीहरु अर्घाखाँची घुम्न गएको र कार दुर्घटनामा परेको आफन्तजनले जनाका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया