कस्मिकले खोल्यो एकेडेमी

समाधान संवाददाता २०८१ वैशाख २ गते १६:५६

पोखरा ।
पोखराको न्यूरोडमा रहेको कस्मिक कम्प्युटिङ सोलुसनले दायरा विस्तार गरेको छ । एक दशकभन्दा बढी समयदेखि कम्प्युटरका सामान खरीदविक्री र मर्मत गर्दै आएको कस्मिकले अब कम्प्युर शिक्षासमेत दिने भएको हो ।


कम्प्युटरसँग सम्बिन्धत सबै तालिम दिन एकेडेमी सुरु गरिएको सञ्चालक पुरुषोत्तम कुँवरले बताए । एकेडेमीमा बेसिकदेखि एडभान्स तहसम्मका कम्प्युटर कोर्स, हार्डवयर ट्रेनिङ, सर्भर तथा नेटवर्किङ, प्रोग्रामिङ तथा कोडिङ, ईथिकल ह्याकिङ, माइक्रोसफ्ट सर्टिफाइड प्रोफेशनल (एमसीपी), सिसिएनए, ग्राफिक डिजाइनिङ, फोटोग्राफी तथा भिडियोग्राफी लगायतका तालिम दिइनेछ ।


एकेडमीका सबै खालका तालिमा हरेक दिन कमसेकम एक घण्टा सिद्धान्त र त्यति नै अवधिको प्रयोगात्मक कक्षा हुने छन् । युवालाई प्रविधिसम्बन्धी सीप सिकाई घरमै बसेर कमाउन सक्ने बनाउने लक्ष्य रहेको सञ्चालक कुँवरले सुनाए । उनी भन्छन्, ‘युवालाई प्रविधि क्षेत्रमा स्वरोजगार बनाउन सके विदेशी पैसा पनि आउँछ, युवा पलायन पनि रोकिन्छ ।’

Advertisement


एसइई र कक्षा १२ को परीक्षा दिएका विद्यार्थीलाई लक्षित गरी एकेडेमीले ३ महिनासम्मको विशेष तालिम सञ्चालन गरेको छ । दक्ष प्रशिक्षकबाट तालिम दिएर रोजगार र स्वरोजगार बनाइने कुँवरले जनाए । विद्यार्थी, व्यावसायिकहरु र कम्प्युटरका ज्ञान लिन चाहने सबै खालका मानिसका लागि कस्मिकले उपयुक्त कोर्स सिकाउने कुँवरको प्रतिवद्धता छ ।

Advertisement

तपाईको प्रतिक्रिया