कलश सहकारीमा शुभकामना

समाधान संवाददाता २०८१ वैशाख २ गते १७:००

पोखरा ।
कलश बचत तथा ऋण सहकारीले नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदानसहित क्यालेन्डर सार्वजनिक गरेको छ ।

संस्थाका शेयर सदस्य तथा पोखरा महानगरपालिका वडा नम्बर २४ का सदस्य कृष्णप्रसाद सुवेदी, संस्थाका अध्यक्ष सुदीप अधिकारी, लेखा समिति संयोजक विजेन्द्र शर्मा पौडेल, सल्लाहकारहरु डा. विष्णुप्रसाद चापागाई, होमराज भट्टराई र नवराज सुवेदीले भित्तेपात्रो विमोचन गरेका हुन् ।


जनप्रतिनिधि सुवेदीले सहकारीमा आर्थिक सुशासन र अनुशासनको आवश्यकता भएको जनाए । उनले सहकारीका नीति र नियमसंगत रुपमा सञ्चालित संस्थामा कहिल्यै पनि समस्या नआएको जिकिर गरे ।

Advertisement

संस्थाका अध्यक्ष सुदीप अधिकारीले विश्व बैंक र एसियाली विकास बैंकले नेपालको सन्दर्भमा आगामी वर्षका लागि गरेको आर्थिक प्रक्षेपणले केही सुखद संकेत गरेको सुनाए ।

Advertisement

तपाईको प्रतिक्रिया