पेट्रोल हाल्दा हाल्दै स्कुटरमा आगलागी

समाधान संवाददाता २०८१ वैशाख ३ गते ११:३२

लेखनाथ ।

कास्कीको रुपाकोटबाट लेखनाथ आएका अजित खड्काले चलाएको स्कुटरमा पेट्रोल हाल्ने क्रममा आगो लागि भएको छ ।

रुपा –६ फालभन्ज्याङ घर भएका खड्काले चलाएको ग ८ प ८२१८ नम्बरको डियो स्कुटरमा पोखरा २९ तालचोकमा रहेको विन्दवासिनी पेट्रोल पम्पमा तेल हाल्ने क्रममा एक्कासि आगो लागे पछि स्कुटर पूर्ण रूपमा क्षति भएको छ ।

Advertisement

पम्पका संचालन नन्दराज वरालका अनुसार खड्का सवार स्कुटरमा कसरी आगो लागि भयो आफूले अनुमान नै गर्न नसकेको बताउँदै आगो देखिने बित्तिकै पम्प बन्द गरी आगो निभाउने ग्याँस तथा पानीको प्रयोगले आगोलाई नियन्त्रणमा लिन सकिएकाले अन्य क्षति हुनबाट बचाउन सकिएको बताएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया