मालपोतमा पहिलो सेवाग्राहीलाई सम्मान

समाधान संवाददाता २०८१ वैशाख ३ गते १२:३५

पोखरा ।
नेपालमा लिखत पारित भएको १ सय २ वर्ष पुगेको अवसरमा मालपोत कार्यालय कास्कीले पहिलो सेवाग्राहीलाई आइतबार सम्मान गरेको छ ।


पहिलो सेवाग्राही पुष्पा खड्का क्षत्री र पुष्पा पौडेल देवकोटालाई प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारी र सूचना अधिकारी गोविन्द सुनारले अबिर र खादा लगाएर सम्मान गरे । प्रमुख मालपोत अधिकृत अधिकारीले मालपोत कार्यालयले दिने सेवालाई चुस्त दुरुस्त बनाउने प्रतिवद्धता व्यक्त गरे ।


लेखापढी व्यवसायी विष्णुप्रसाद पौडेलले सेवग्राहीको लिखत तयार पारेका थिए । विगतका वर्षमा लिखत पारित भएको दिनमा बृहत् रुपमा औपचारिक कार्यक्रम गरिएको थियो । मालपोतले यो वर्ष पहिलो सेवाग्राहीलाई सम्मान गरेर सो दिनको स्मरण गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया