राष्ट्रबैंक चोकमा हाइस र स्कोर्पियो दुर्घटना हुँदा ८ जना चिनिया पर्यटक घाइते

समाधान संवाददाता २०८१ वैशाख ६ गते ९:५७

पोखरा ।

पोखराको राष्ट्रबैंक चोकमा हाइस र स्कार्पियो एक आपसमा ठोक्किँदा ८ जना घाइते भएका छन् । बिहीबार बिहान करिव साढे ४ बजेतिर भएको दुर्घटनामा परेर घाइते भएका सबै चिनियाँ नागरिक रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको छ ।

ड्यासाइडबाट रत्नचोक तर्फ जाँदै गरेको बा १३ च ५१३ नम्बरको स्कार्पियो र लेकसाइडबाट मुस्ताङचोक तर्फ आइरहेको बा १ प ८५१ नम्बरको हाइस एक आपसमा ठोकिएका हुन् ।

Advertisement

घाइतेको गण्डकी शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ । घाइते सबैजना खतरामुक्त रहेको प्रहरीले जनााएको छ ।हाइसमा १३ जना चिनियाँ नागरिक सवार थिए । स्कार्पियोमा भने चालक मात्र रहेको प्रहरीले जानकारी दिएको छ ।

दुबै सवारीका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको स्कार्पियो चोकको एक घरमा ठोक्किँदा घरमा समेत क्षति पुगेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया