ठेकेदारको ढिलासुस्तीले जोमसोम सडक फेरी भाँसियो

समाधान संवाददाता २०८१ वैशाख ६ गते १३:३९

जोमसोम— उत्तरी कोरलानाका र मुक्तिनाथ जाने महत्वपूर्ण पहुँचमार्ग सडक फेरी भाँसिन पुगेको छ । घरपझोङ—३ पुथाङ एअरपोर्ट हुँदै जोमसोम पक्की पुलको दुरीमा पर्ने जोमसोम अस्पताल नजिकको मुख्य राजमार्ग सडक मंगलबार बिहान ११ बजे भाँसिन पुगेको हो ।
उक्त दुरीमा कालिगण्डकी गण्डकी करिडोर (बेनी—जोमसोम—कोरला)सडक आयोजनाले कालिगण्डकी नदीको सतहदेखि आरसीसी स्टकचर उठाएर सडक स्तरोन्नति गर्दै गरेको थियो । सडक स्तरोन्नति भईरहेको स्थानमा पून करिव ५० मिटर सडक भाँसिन पुगेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक मिलनबहादुर विकले जानकारी दिए । यसपटक सडक भाँसिन पुग्दा सडकको पुरै संरचना चर्किएर ध्वजा÷ध्वजा परेको उनले बताए ।
सडक क्षति भएको स्थानमा पुगेका स्थानीय शेरबहादुर गुरुङले निर्माण कम्पनीको चरम ढिलासुस्तीले जोमसोमको सडकमा सवारी तथा यात्रुले निकै सास्ती भोग्न बाध्य भएको बताए । पछिल्लो अवस्थामा सडक जोखिममा पर्दा त्यस आसपासका घरहरुमा समेत थप जोखिम परेको उनले जनाए । निर्माण कम्पनीले सजिलो स्थानमा मात्र काम गर्ने र अप्ठ्यारो स्थानमा काम नगर्ने परिपाटीले यो अवस्था आएको गुरुङको भनाई छ ।


पुथाङ एरपोर्ट देखि जोमसोम पक्की पुलसम्मको करि सय मिटर सडक चैते दशै आशी तिथिको अघिल्लो दिनमा पनि यसरी नै सडक भाँसिन पुगेको थियो । जोमसोम सडक पटक ÷पटक भाँसिने र भत्किने गर्दा बर्खायाममा थप सडकमा थप क्षति हुने अनुमान गरिएको छ । जोमसोम सडक पुन ः भाँसिदा बेनी हुँदै मुक्तिनाथ दर्शन गर्न जाने र मुक्तिनाथ दर्शन गरी फर्किने पर्यटक तथा दर्शानार्थीहरुले सास्ती पाएका छन् । सडक अवरुद्ध जोमसोममा झन्डै २ सय सवारी साधनहरु अलपत्र परेका छन् । सडकको पुरै बेस भाँसिएकाले सडककालाई ग्रेड डाउन गरी सडक खुलाउन पहल भईरहेको प्रहरी निरीक्षक विकले जानकारी दिए ।

बेनी जोमसोम ७६ किमी सडकको चौथो खण्ड खन्तीदेखि जोमसोम पक्की पुलसम्मको घरपझोङ ४ जोमसोमको मुस्ताङ अस्पताल नजिक सडक भाँसिएको हो ।
बेनी जोमसोम कोरला सडक आयोजनासँग २०७४ मा ठेक्का सम्झौता भएको खन्ती जोमसोम १६ किमी सडक अन्तर्गत ८ महिनाअघि करिब १ सय मिटर सडक भाँस्सिएको थियो । बेनी जोमसोम सडकको चौथो खण्डमा निर्माण कम्पनीले चरम ढिलासुस्ती भएको छ । यो खण्ड पप्पुगौरी पार्वती कोशी एन्ड न्यौपानेले ७० करोड ५२ लाख लागतमा ठेक्का सम्झौता गरेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया