हिलसाइड माविमा तालिम

समाधान संवाददाता २०८१ वैशाख ७ गते १३:२६

पोखरा ।

पोखराको हिलसाइड अंग्रेजी माध्यमिक विद्यालयमा ४ दिवसीय शिक्षक कर्मचारीको पेशागत क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । बिहीबारबाट सुरु भएको तालिममा विद्यालयका शिक्षा र कर्मचारीहरु सहभागी छन् ।


कार्यक्रममा प्रशिक्षक विकलप्रसाद शेरचनले कास्कीमा निजी तथा संस्थागत विद्यालयको आवश्यकता ठूलो रहेको जनाए ।

Advertisement

शिक्षकको व्यावसायिक विकासका लागि हुनुपर्ने आवश्यक गुणबारे उनले प्रकाश पारे । शेरचनले योग, ध्यान र साधना मानसिक स्वास्थ्यका लागि जरुरी भएको र यसबारे शिक्षकले समेत जानकारी राख्नैपर्ने विचार राखे ।


कार्यक्रममा संस्थापक प्राचार्य डिल्लीराम भट्टराई, संस्थापक नारायणी बराल, संस्थापक होमनाथ भट्टराई, अंग्रेजी विभागका प्रमुख सन्तोष लामिछाने, सहकार्यकलाप प्रमुख मीनप्रसाद सुवेदी, शिक्षकद्वय मनशोभा पुन र अनिता पौडेलले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया