बागलुङमा घाँस काट्दा रुखबाट खसेर पुरुषको मृत्यु

राष्ट्रिय समाचार समिति (रासस) २०८१ वैशाख ७ गते १६:४२

ढोरपाटन ।

बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एकजनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका–४ खाडचौरका ३५ वर्षीय नारायण सुनारको रुखबाट खसेर आज बिहान मृत्यु भएको हो ।

बिहान ८ बजे बाख्रालाई घाँस काट्नका लागि घर नजिकैको जंगलमा गएका सुनारको रुखबाट सिँचाइ नहरमा खस्दा गम्भीर घाइते बनेका थिए । घाइते सुनारलाई आफन्त र छिमेकीले उद्धार गरी बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा बाटोमै मुत्यु भएको निसीखोला–४ का वडाध्यक्ष टिकानिधि पौडेलले जानकारी दिए ।

Advertisement

समाजसेवीसमेत रहेका सुनारको मृत्यले खाडचौर गाउँ स्वतब्ध बनेको उनले बताए । मृतक सुनारका श्रीमती, एक छोरा र एक छोरी छन् ।

Advertisement

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया