कागबेनीमा बस दुर्घटना हुँदा २१ विद्यार्थी घाइते

समाधान संवाददाता २०८१ वैशाख १८ गते १२:४३

पोखरा ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा मंगलबार बिहान बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । काठमाडौंको लिबर्टी कलेजबाट शैक्षिक भ्रमणमा आएका विद्यार्थी सवार प्रदेश नम्बर ३ ०१००६ ख ६२२ नम्बरको बस सेल्फिडाँडामुनि घुम्तीमा दुर्घटना भएको हो ।

मुक्तिनाथ दर्शन गरी फर्कदै गरेको ३३ जना विद्यार्थी सवार बस ब्रेक फेल भई सडकमा पल्टिएको मुस्ताङ प्रहरीले बताएको छ । दुर्घटनामा घाइते भएका २१ विद्यार्थीको जोमसोम अस्पतालमा उपचार भइरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया