नेकपाले तोक्यो जिम्मेवारी

समाधान संवाददाता २०८१ वैशाख २५ गते १०:४९

पोखरा ।
नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को गण्डकी प्रदेशको पहिलो बैठक पोखरामा भएको छ । नेकपा प्रदेश संरचनामा गइसकेपछि बसेको प्रथम बैठकले कास्की जिल्ला इन्चार्जमा आस्था सी र सेक्रेटरीमा उमेश सीलाई जिम्मेवारी दिएको छ ।


म्याग्दी जिल्ला इञ्चार्जमा राजन सी, सेक्रेटरी अविरल सी, बाग्लुङ जिल्ला इन्चार्ज आजाद सी, सेक्रेटरीमा प्रसिद्द सी, स्याङ्जा जिल्ला इन्चार्जमा उभार सी र सेक्रेटरीमा सागर सी छन् । पर्वत जिल्ला इन्चार्जमा सुशीला सी, सेक्रेटरीमा किरणी सी, मुस्ताङमा इन्चार्ज आकास सी, सेक्रेटरी प्रकाश सी, तनहुँमा निशान सी इन्चार्ज रहनेछन् भने विलास सी सेक्रेटरी रहनेछन् ।


गोर्खा जिल्ला इन्चार्जमा कपिल सी, सेक्रेटरीमा काजी सी, नवलपुरमा जुझारु सी, सेक्रेटरी सुमन सी, लमजुङ सेक्रेटरीमा रवीन्द्र सी, मनाङमा विजय सी र प्रदेश कार्यालयमा विकिरण सी छन् । प्रकाशन तथा प्रचार विभागमा शिव सी छन् । बैठकले स्कुलिङ विभाग, न्याय विभाग, आर्थिक विभाग, उत्पादन विभाग, मोर्चा, राजानीतिक भेटघाट लगायत विभागसमेत बनाएको छ ।

Advertisement


२ दिन चलेको बैठकले पार्टीको केन्द्रीय कार्यक्रम र आगामी योजनाको समीक्षासमेत गरेको थियो । २५ गते जिल्ला सदस्यको उपस्थितिमा पार्टी सुदृढीकरण तथा विस्तार अभियान सुरु गरिने भएको छ । बैठकमा नेकपा स्थायी समिति सदस्य एवं गण्डकी प्रदेश इन्चार्ज उमा भुजेल (शिलु सी) ले पछिल्लो विकसित परिस्थितिसँगै पार्टीको काँधमा महत्वपूर्ण जिम्मेवारी आइपुगेको जनाइन् ।


उनले देशभक्त जनताहरु, राष्ट्रभक्त कम्युनिस्टहरु नेकपाप्रति आशा र भरोसा गरेको उल्लेख गरिन् । पार्टीले कास्कीको फेवातालको जग्गा अतिक्रमण, अन्नपूर्ण संरक्षण क्षेत्रका समस्या, कालिगण्डकी नदीमा भइरहेको अवैध उत्खनन, जलविद्युत निर्माणका सन्दर्भमा देखिएको अनियमितता, नवलपुरको होङ्सी सिमेन्टले जनतालाई पारेको असर, सुकुम्बासी जनताको समस्याबारे विस्तृत अध्ययन गरी त्यसबारे संघर्ष अगाडि बढाउने निर्णय बैठकले गरेको छ ।

Advertisement


प्रदेशले पार्टी संगठनलाई जिल्ला, पालिकादेखि वडा स्तरसम्म विस्तार गर्ने, विभिन्न जनवर्गीय संगठन विस्तार गर्ने, नेपाली विशेषताको समाजवादबारे पालिका स्तरसम्म अन्तक्र्रिया आयोजना गर्ने, प्रत्येक जिल्लाले आफ्नो अनुकूलतामा उत्पादन सुरु गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया