पाेखरा ८ मा ब्याडमिन्टन प्रतियोगिता सुरु

समाधान संवाददाता २०८१ वैशाख २५ गते ११:३५

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ८ को आयोजना गरेको तेस्रो वडाध्यक्ष कप ब्याडमिन्टन प्रतियोतिगता २०८१ सोमबारदेखि सुरु भएको छ । युनिक ब्याडमिन्टन पोखराको व्यवस्थापनमा भएको प्रतियोगिता दुई दिनसम्म चल्ने छ । बराल पार्टी प्यालेसको ब्याडमिन्टन कोर्टमा भएको प्रतियोगितामा ४६ पुरुष र ६ महिला खेलाडीले भाग लिएका छन् ।


पोखरा महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष रुद्रनाथ बरालले प्रतियोगिताको उद्घाटन गरे । उनले खेलकुदको माध्यमबाट वडावासीलाई स्वास्थ बनाउने बताए ।


वडा नम्बर ९ का अध्यक्ष दीपेन्द्र मर्सानीले वडा नम्बर ९ भरमा खेलकुदको पूर्वाधार नहुँदा प्रतियोगिता गर्न नसकेको जानकारी दिए । वडा नम्बर ७का अध्यक्ष राममोहन आचार्यले पर्यटन र खेलकुदलाई जोड्न पर्ने उल्लेख गरे । खेलकुदले शारीरिक र मानसिक विकासमा सहयोग पुग्ने उल्लेख गर्दै उनले वडा कार्यालयले भौतिक पूर्वाधार, विकास निर्माणको अलवा नागरिकलाई स्वस्थ राख्न खेलकुदका गतिविधि पनि गर्न पर्ने चर्चा गरे । उनले वडा नम्बर ८ ले रचनात्मक र सिर्जनात्मक कार्यक्रम गरेको बताए ।

Advertisement


‘स्वास्थ शरीरको आयाम, नियमित खेल र अभ्यास’ भन्ने नाराका साथ भएको प्रतियोगिताको उद्घाटन समारोहमा वडा नम्बर ८का वडा सदस्यहरु गोविन्द बराल, पवित्रा केसी, वडा सचिव सविता ढुंगाना पौडेल, युनिक व्याडमिन्टर क्लब पोखराका अध्यक्ष जुक्तमान गुरुङ, सिद्धार्थ क्लब पोखराका कार्यवहाक अध्यक्ष देवेन्द्र पराजुली, ऊर्जाशील आमा समूहका अध्यक्ष कल्पना कंडेल लगायतले प्रतियोगिताको बारेमा बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया