माइडियाको वाईफाई रेफ्रिजरेटर

समाधान संवाददाता २०८१ वैशाख २६ गते ९:५५

पोखरा ।
माइडियाको आधिकारिक बिक्रेता सिजी इलेक्ट्रोनिक्सले आधुनिक किचनका लागि डिजाइन गरिएको साइड वाइ साइड र मल्टीडोर भएको माइडिया रेफ्रिजेरेटर नेपाली बजारमा ल्याएको छ । ग्राहकबाट अत्यधिक माग भएकाले यसलाई उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।


आकर्षक, कम्प्याक्ट र फ्लाट बाहिरी डिजाइनका यी रेफ्रिजेरेटरमा एमएस स्मार्टहोम एपमार्फत वाईफाई कनेक्टिभिटीमार्फत स्मार्ट कन्ट्रोल गर्न मिल्छ । अफिस या घुम्न गएको बेला या घरबाहिर भएको बेला पनि सजिलै आफ्नो रेफ्रिजेरेटर कन्ट्रोल गर्न सकिन्छ ।

इन्भर्टर क्वाट्रो मोटर कन्ट्रोल सिस्टम रहेका माइडिया वाईफाई रेफ्रिजेरेटरले ऊर्जाको सही उपयोग र बिजुलीको लागत घटाउँदै खानाका लागि लामो समयसम्म ताजापन सुनिश्चित गर्ने कम्पनीको दाबी छ ।

Advertisement


यी रेफ्रिजेरेटर ब्रस स्टिल डिजाइन गरिएका रेफ्रिजेरेटरमा भएको कन्भर्टिबल अप्सनले ग्राहकलाई आवश्यकता अनुसार एउटा बटन दबाउँदै फ्रिजरलाई फ्रिजमा परिवर्तन गर्न सक्ने सुविधा छ । साइड वाई साइड ४ सय ८२ लिटर क्षमता र मल्टिडोर ५ सय १९ लिटर क्षमतामा रहेको कम्पनीले जनाएको छ । नयाँ प्रविधि जडित रेफ्रिजेरेटरमा १० वर्षसम्मको वारेन्टी दिइएको छ ।


नेपालभर रहेका २ सय ५० भन्दा बढी डिलर तथा सोरुमबाट उपभोक्ताले यो खरिद गर्न सक्छन् । नयाँ वर्षको अवसरमा माइयिडा ब्रान्डको रेफ्रिजेरेटर किन्दा हरेक हप्ता इलेक्ट्रिक प्रेसर कुकर र बम्पर उपहारमा साइड वाइ साइड रेफ्रिजेरेटर जित्न सकिने कम्पनीले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया