डा हुसेनको पुस्तक सार्वजनिक

समाधान संवाददाता २०८१ वैशाख २६ गते ९:५७

पोखरा ।
वरिष्ठ वैज्ञानिक डा मोहमद ईकवाल हुसेनको ‘स्थानीय सिपिमा मोतिपालन गर्ने प्रविधि’ पुस्तक सार्वजनिक भएको छ । मत्स्य अनुसन्धान केन्द्र पोखराले ३३ औँ नेपाल कृषि अनुसन्धान परिषद् स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री खगराज अधिकारीले पुस्तक सार्वजनिक गरेका हुन् ।


मत्स्य अनुसन्धान केन्द्र पोखराका पोखरीमा र तालहरूमा गरिएका सिपी मोतिपालनसम्बन्धी अनुसन्धानात्मक प्रयासको अनुभवको पुस्तकमा छ । यसमा नेपालमा सिपिमा मोतिपालनसम्बन्धी अनुसन्धानको सुरुआत र यसको अनुसन्धानाबारे चर्चा गरिएको हुसेन बताउँछन् ।

कार्यक्रममा मुख्यमन्त्री खगराज अधिकारीले सिमसार एवं जैविकि विविधताको संरक्षण साझा दायित्व भएको जनाए । उनले डढेलो लगाउनेलाई कारबाही हुनुपनेृमा जोड दिए ।

Advertisement


मत्स्य अनुसन्धान केन्द्र पोखराले पोखरा उपत्यकाका तालहरूको जलीय वातावरण अध्ययनका साथै माछाका भुरा उत्पादन तथा आपूर्ति, विभिन्न अनुसन्धानका साथै माछापालन प्रविधि विषयका विभिन्न पुस्तक लगायत प्रकाशन गर्दै आएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया