चलचित्र पत्रकार संघ कास्कीको भित्तेपात्रो विमाेचन

समाधान संवाददाता २०८१ वैशाख २६ गते ९:५९

पोखरा ।
चलचित्र पत्रकार संघ नेपाल कास्कीले २०८१ सालको भित्तेपात्रो विमोचन गरेको छ । प्रत्येक वर्ष प्रकाशन गर्दै आएको भित्तेपात्रो यसपालि पनि प्रकाशन गरिएको हो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिम्लसिना पंगेनीले चपस कास्कीले गरेका कामको प्रशंसा गरिन् ।


पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले चपस कास्कीको गतिविधिले चलचित्रसँग सम्बन्धित अन्य संस्थालाई समेत झक्झकाएको बताए । सिनेमा टुरिजमको विकासमा प्रचारप्रसारको खाँचो रहेको उल्लेख गरे । सिनेमा माध्यम पोखरा र आसपासको क्षेत्रको प्रचारप्रसार गर्न सहज हुने हुँदा यसतर्फ प्रभावकारी भएर लाग्नुपर्ने आवश्यकतालाई उनले औंल्याए ।


पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले चपस कास्की क्रियाशिल संस्था भएको बताइन् । एकपछि अर्को आयोजना गरिएको कार्यक्रमले पोखरामा सिनेमा सम्बन्धी गतिविधिलाई बढ्वा दिएको अभिव्यक्ति उनको छ । पत्रकार महासंघ कास्कीका सम्पूर्ण पत्रकारिता सम्बद्ध संघसंस्थाको अभिभावक संस्था भएकाले हरेक गतिविधिमा साथ, समर्थन रहने प्रतिबद्धता उनले व्यक्त गरिन् ।

Advertisement


चलचित्र पत्रकार संघ नेपाल कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले २०६० सालमा स्थापना भई चपस कास्कीले नेपाली सिनेमाको क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएको उल्लेख गरे । चपस कास्कीका निवर्तमान अध्यक्ष अरुण गिरीले संस्थाको क्रियाशीलताको तारिफ गरे । संस्थाका अध्यक्ष प्रभु अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव सन्तोष बस्यालले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया