अल्फा स्कुलमा नेपाली निबन्ध लेखन

समाधान संवाददाता २०८१ वैशाख २६ गते १४:२४

पोखरा ।


पोखरा १६ लामाचौरस्थित अल्फा बोर्डिङ स्कुलमा विद्यार्थीहरुमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गराई सिर्जनात्मक क्षमता अभिवृद्धि गराउने मूल उद्देश्यका साथ वैशाख २१ गते शुक्रबार कक्षास्तरीय नेपाली निबन्ध लेखन प्रतियोगिता भएको छ ।


प्रतियोगितात्मक कार्यक्रममा कक्षा १ मा अध्ययनरत छात्रा आयुना गुरुङ, कक्षा २ मा अध्ययनरत छात्र आरोन गुरुङ, कक्षा ३ मा अध्ययनरत छात्रा हन्ना राई, कक्षा ४ ‘क’ मा अध्ययनरत छात्रा संमृत नेपाली, कक्षा ४ ‘ख’ मा अध्ययनरत छात्रा अंकिता गौतम, कक्षा ५ ‘क’ मा अध्ययनरत छात्रा स्वहा सुवेदी, कक्षा ५ ‘ख’ मा अध्ययनरत छात्र आयान गौतम कक्षा ६ मा अध्ययनरत छात्रा विनीता कार्की कक्षा ७ मा अध्ययनरत छात्रा चाहना भुजेल, कक्षा ८ मा अध्ययनरत छात्रा जेनिशा गुरुङ, कक्षा ९ मा अध्ययनरत छात्र सुवर्ण केसी र कक्षा १० मा अध्ययनरत छात्र नसिव पुन प्रथम हुन सफल भए ।

Advertisement


विजयी विद्यार्थीहरुलाई हौसला बढाउन २३ गते आइतबारको बिहानीको प्रार्थना सभामा कार्यकारी निर्देशक दीपक गुरुङ, सहप्रचार्य कृष्ण लम्साल एवं प्रशासक निराजन थापाद्वारा पुरस्कार वितरण गरियो ।


नेपाली विभागद्वारा आयोजना गरिएको उक्त कार्यक्रम नेपाली भाषा शिक्षक भारती गौतमको संयोजकत्वमा सञ्चालन गरिएको थियो भने पुरस्कार वितरण कार्यक्रम सह क्रियाकलाप संयोजक सफलता बमजमबाट सञ्चालन भएको थियो ।

Advertisement

सोही कार्यक्रममा विद्यालयका प्राचार्य सुरेन्द्रमानसिंह भण्डारीले विद्यार्थीहरुको चौतर्फी विकासका लागि सह–क्रियाकलापले अहम भूमिका खेल्ने भएकाले यस्ता कार्यक्रमहरुमा विद्यार्थीको सहभागिता बढाउनुपर्ने जोड दिए ।

तपाईको प्रतिक्रिया