हिल प्वाइन्ट माविमा विद्यार्थी र शिक्षकलाई स्वागत

समाधान संवाददाता २०८१ वैशाख २७ गते १६:३४

पोखरा ।
हिल प्वाइन्ट सेकेण्डरी स्कुल माटेपानीले विद्यालयमा प्रवेश गरेका नवआगन्तुक विद्यार्थी तथा नवनियुक्त शिक्षक–शिक्षिकालाई बिहीबार स्वागत गरेको छ ।


कार्यक्रमको अवसरमा विद्यार्थीहरुले विभिन्न सांगीतिक तथा प्रतिभा प्रस्तुत गरेका थिए । विद्यालयका संस्थापक प्राचार्य दिवाकर जैसीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालयमा हुने आन्तरिक तथा अतिरिक्त कार्यक्रम सञ्चालन गर्न सहज हुने उद्देश्यले सदन विभाजन पनि गरिएको थियो । कार्यक्रममा प्राचार्य जैसीले नवआगन्तुक विद्यार्थीलाई विभिन्न शैक्षिक सामग्रीहरु वितरण गरी स्वागत गरेका थिए ।


कार्यक्रममा पोखरा महानगरपालिका शिक्षा महाशाखाका विशिष्ट अधिकृत तथा विद्यालय निरीक्षक कृष्णप्रसाद भण्डारीले नवआगन्तुक विद्यार्थीहरुलाई उनीहरुको रोजाइको विद्यालय यस क्षेत्रको उत्कृष्ट विद्यालय भएको भन्दै शुभकामना व्यक्त गरे ।
प्राचार्य जैसीले नवनियुक्त विभिन्न तहमा अध्यापन गराउने शिक्षक–शिक्षिकाहरुलाई खादा र अविरले स्वागत गरेका थिए ।

Advertisement

कार्यक्रममा विद्यालयले विभिन्न तहका विद्यार्थीहरुलाई आन्तरिक कार्यक्रम सहजकर्ताका रुपमा छनोट गरी सपथ ग्रहण गराए । विद्यालयका गणित विभाग प्रमुख कमल घिमिरेले स्वागत मन्तव्यबाट प्रारम्भ कार्यक्रममा सहप्राचार्य गंगाराम पौडेलले शुभकामना मन्तव्य दिए ।

शिक्षक नेत्रनारायण शर्माले सञ्चालन गरेको कार्यक्रममा विद्यार्थीहरुको सदन विभाजन गरी नामवली समेत वाचन गरिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया