ईस्पट इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीको १८ औं शाखा पोखरामा

समाधान संवाददाता २०८१ वैशाख २८ गते १४:२५

पोखरा ।
ईस्पट इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सी (इआइसी) ले पोखरामा शाखा विस्तार गरेको छ । पोखरा न्युरोडको सामसुङ गल्लीमा स्थापित शाखाको उक्त कन्सल्टेन्सीका प्रबन्ध निर्देशक साकारजंग शाहीले शुक्रबार उद्घाटन गरे ।


इस्पट इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीको पोखरा १८ औं शाखा हो । काठमाडौंको पुतलीसडक र न्युरोडमा रहेको इआइसीले भक्तपुर, ललितपुर, धरान, हेटौंडा, चितवन, वीरगन्ज र नेपालगन्ज लगायत ठाउँमा यसअघि नै शाखा सञ्चालनमा ल्याएको छ ।


अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायत र भारतका कजेज तथा विश्वविद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थी लक्ष्य गरी इआइसीले पोखरामा शाखा विस्तार गरेको हो । पोखराका युवा उद्यमी सूर्य बराल र दीनबन्धु पोखरेलले इआइसीको फ्रेन्चाइज लिएर शाखा खोलेका हुन् । पोखरेल पोखरा शाखा प्रबन्ध हुन् ।

Advertisement


शिक्षा मन्त्रालयबाट अनुमति प्राप्त थोरै संख्याका शैक्षिक परामर्श सेवा व्यवसायमध्ये आफूहरुको पनि एउटा भएको प्रबन्ध निर्देशक शाहीले बताए । उनका अनुसार इआइसी २५ वर्षअघिदेखि यो सेवा व्यवसायमा छ । अहिलेसम्म १२ लाख जनालाई शैक्षिक परामर्श दिएको र साढे २ जना विद्यार्थी आफूहरुमार्फत नै वैदेशिक अध्ययनमा पुगेको उनले सुनाए ।


‘हाम्रो टिम मेम्बरहरु बाहिरबाटै ग्राजुयट हुनुहुन्छ,’ शाहीले भने, ‘त्यसैले पनि अनुभवसहितको परामर्श हामी दिन्छौं ।’ आफू स्वयं अन्तर्राष्ट्रिय एक्रिडिएसन प्राप्त परामर्शकर्ता भएको उनले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया