मुख्यमन्त्रीको पिए भन्दै ठगी गर्ने प्रकाउ

समाधान संवाददाता २०८१ वैशाख २८ गते १४:४८

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको प्रर्सनल एसिस्टेन (पिए) भन्दै ठगी गरेको आरोपमा एक जनालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । पोखरा ३१ बेगनास घर भएका २८ वर्षीय प्रहरीले पक्राउ गरेको हो ।


मुख्यमन्त्रीकै गाउँले भन्दै उनले ट्राभल कम्पनीसँग ठगी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्ष (डिएसपी) वसन्तकुमार शर्माले जनाएका थिए । प्रहरीले ठगी गरेको आरोपमा सुवेदीलाई काठमाडौंबाट प्रकाउ गरेको हो ।


वैशाख २० गते मुख्यमन्त्रीको पिए भन्दै तत्काल पोखरा–काठमाडौं, काठमाडौं–नेपालगन्जको हवाई टिकट काटेर पैसा नदिएको उनीमाथि आरोप छ ।

Advertisement

पोखरा महानगरपालिका–६ लेकसाइडस्थित रहेको एके टुर्स एण्ड ट्राभल्स प्रालिमा फोन गरी हवाई टिकट काट्न सुवेदीले लगाएका थिए । प्रहरी स्रोतका अनुसार उनी यसअघि पनि अर्को मुद्दामा पक्राउ परेका थिए ।


सुवेदीमाथि अन्य २ वटा ठगी सम्बन्धी किटानी जाहेरी समेत परेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी शर्माले जानकारी दिए । प्रकाउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया