सूर्यदर्शन सहकारीको प्रतिवेदन प्रहरीलाई हस्तान्तरण

समाधान संवाददाता २०८१ वैशाख २८ गते १५:०२

पोखरा।
समस्या ग्रस्त सूर्यदर्शन सहकारी संस्थाबारे विस्तृत प्रतिवेदन तयार भएको छ । पोखरा महानगर सहकारी समिति र विज्ञाहरु सम्मिलित समितिले तयार गरेको ३४१९ पृष्ठको ९ वटा ठूला ठेलीहरुको उक्त प्रतिवेदन बिहीबार महानगर प्रमुख धनराज आचार्यले जिल्ला प्रहरी कार्यलय कास्कीलाई हस्तान्तरण गरेका छन् ।

यसबाट सहकारीको वास्तविक समस्या उजागर भई समाधानमा सहयोग पुग्ने विश्वास गरिएको छ । यसअघि उक्त सहकारीको वित्तीय प्रतिवेदन आएको थियो ।


यो सहकारीको रकम राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमेत संलग्न रहेको ग्यालेक्सी टेलिभिजनमा लगी अपचलन गरेको आरोप छ ।

Advertisement

उक्त रकम अपचलनका मुख्य आरोपित मानिएका र ग्यालेक्सी टिभीका सञ्चालक जिबी राई भने फरार छन् । उनलाई पक्रन नसकेको भन्दै गृहमन्त्री लामिछानेको आलोचना भइरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया