३ महिनामा गण्डकीमा १७९ पीडित

समाधान संवाददाता २०८१ वैशाख २८ गते १६:०२

पोखरा ।
गण्डकी प्रदेशमा जनवरीदेखि मार्चसम्म मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा १ सय ७९ पीडित भएका छन् । अघिल्लो वर्षको तुलनामा यसपालि घटना बढेको इन्सेकले जनाएको छ ।


अभिलेखित घटना अनुसार राज्य पक्षबाट १ पुरुष र अन्य पक्षबाट ३१ पुरुष र १ सय ४७ महिला गरी १ सय ७९ जना मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाबाट पीडित भएका छन् ।

पहिलो त्रैमासिकमा ३ महिला र १ पुरुष गरी ४ जनाको हत्या भएको छ । २०२४ को पहिलो त्रैमासिकमा अन्य पक्षबाट कुटपिटका घटनामा १ पुरुष र १ महिला पीडित भए ।

Advertisement


अन्य पक्षबाटै भएको घटनामा १९ पुरुष र १ महिला घाइते भएका छन् । अमानवीय व्यवहारबाट ९ पुरुष र ५ महिला पीडित बनेका छन् । इन्सेकको अभिलेख अनुसार पहिलो त्रैमासिकमा गण्डकी प्रदेशमा बालबालिकाविरूद्ध भएका हिंसाका घटनामा ३४ बालिका र २ बालक गरी ३६ जना पीडित भए ।


३ बालिका र २ बालकको बालविवाह गराइएको अभिलेख छ । यो अवधिमा बलात्कारका घटनाबाट १४ बालिका र यौन दुव्र्यवहारका घटनाबाट ११ बालिका पीडित भएका छन् । १ बालिका बेचबिखनमा परेको अभिलेखमा उल्लेख छ ।

Advertisement


विद्यालयमा दिइएको शारीरिक दण्ड सजायबाट २ बालिका पीडित भए । १ बालिकामाथि विद्यालयमै दुव्र्यवहार भएको छ भने १ बालिका अभिभावकले शिक्षाबाट वञ्चित गराएको भन्दै सम्बन्धित निकायमा पुगेकी छन् । यो अवधिमा १ नवजात शिशुको हत्या भएको छ ।


प्रदेशमा महिला हिंसा तथा दुव्र्यवहारका घटनामा १ सय ३ महिला पीडित भएका छन् । जुन गत वर्षको पहिलो त्रैमासिकको तुलनामा बढी हो । यो अवधिमा बलात्कारका घटनामा ७, बेचबिखनमा २, बहुविवाहबाट २ र घरेलु हिंसाबाट ९२ महिला पीडित भएका छन् ।


महिलाविरूद्धको हिंसामा घरेलु तथा पारिवारिक हिंसा प्रमुख छन् । घरपरिवारसँगै नजिकका आफन्त तथा चिनजानका व्यक्तिबाट महिला तथा बालबालिकाको हत्या, बलात्कार, बलात्कार प्रयास, जस्ता घटना भएको देखिएको छ ।

५ वर्षीया बालिकादेखि ६७ वर्षीया महिलासम्म बलात्कारबाट पीडित भएको देखिएको छ । यस्ता आपराधिक घटनामा १२/१३ वर्षीय बालकहरुको समेत संलग्नता भेटिएको छ ।


यस अवधिमा जनप्रतिनिधिमाथि कुटपिट तथा सामाजिक व्यक्तित्व तथा सरकारी कार्यालयका कर्मचारी दुव्र्यवहारका घटना पनि भएका छन् ।

इन्सेक गण्डकी प्रदेशले हरेक ३ महिनामा समग्र मानव अधिकारको अवस्था विश्लेषण गर्दै मानव अधिकार स्थिति सूचक प्रकाशन गर्दै आएको छ । यो वर्षको पहिलो त्रैमासिकमा प्रदेशमा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना बढेको देखिएको छ ।

तपाईको प्रतिक्रिया