गृहमन्त्रीको राजीनामा माग्दै पिएन क्याम्पस अघि प्रदर्शन

समाधान संवाददाता २०८१ जेठ १० गते १९:१७

पोखरा ।

पृथ्वीनारायण क्याम्पस अगाडि नेविसंघले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै बिहीबार प्रदर्शन गरेको छ । त्यसक्रममा ढुंगामुढासमेत भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

लामिछानेको राजीनामा माग्दै नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले पोखरामा टायर बालेर प्रदर्शन गरेका हुन्।

Advertisement

उनीहरूले गृहमन्त्री लामिछानेको पुतला पनि दहन गरे । गृहमन्त्री राजीनामा दे, गृहमन्त्री मुर्दावाद, सहकारी ठगलाई कारबाही गर्, जीबी राई कहाँ छ रवि दाइलाई थाहा छ, भ्रष्ट सरकार मुर्दावादलगायत नारा उनीहरूले लगाएका थिए ।

प्रदर्शनका क्रममा प्रहरी र आन्दोलनकारीबीच ढुङ्गा हानाहान भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया