को हुन यी युवा, जसले रास्वपा कार्यकर्ताको निर्घात कुटाई खाए ? (भिडियो सहित)

पोखरा, स्थलगत रिपोर्ट ।।
कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिरासतमा राख्ने म्याद थप्न प्रहरीले कास्की जिल्ला अदालत लैजानै पर्ने थियो । त्यसैको विरोधमा देशभरबाट पोखरामा जम्मा भएका रास्वपाका कार्यकर्ता आइतबार १० बजेदेखि नै सहिदचाेक स्थित चाैपारी वरीपरी जम्मा हुँदै थिए ।
उता राष्ट्र बैंक चोकमा सहकारी पीडितले रवि लामिछानेका विरुद्धमा प्रर्दशन गर्दै थिए । दुवै तर्फको प्रर्दशनमा स्वार्थ समुहको घुस पैठको चर्चा चलेको थिए । दुवै तर्फ प्रर्दशनमा सहभागीहरुको संख्या अपेक्षा गरे अनुसार थिएनन् । यद्यपि सहकारी पीडित भन्दा रविका समर्थक धेरै थिए ।
सहिदचोकको वरीपरी जम्मा भएका रविका समर्थकलाई प्रहरीले घेरा हालेर राखेको थियो । भने राष्ट्र बैंक चोकमा जम्मा भएका सहकारी पीडितलाई प्रहरीले सहिदचोक तर्फ आउनबाट रोकेको थियो ।
विहान १० बजेसम्म दुवै पक्षलाई प्रदर्शन गर्न कुनै रोक नलगाएको कास्की प्रहरीले ढिला गरी साँढे ११ बजेतिर मात्र सहिदचोक र राष्ट्रबैंक चोक आसपास निषेधित क्षेत्र घोषणा गर्यो । निषेधित क्षेत्र घोषणा गर्नु अघि नै प्रदर्शनकारीले ठाउ कब्जा गरिसकेकाले त्यो आदेश कार्यान्वयन हुने अवस्था बनेन् । प्रहरीको अनुरोध प्रदर्शनकारीले टेरेनन् ।
दिउसो २ बजे तिर प्रहरीले प्रदर्शनकारी माथि सामान्य बल प्रयोग गर्ने निर्णय गर्यो । त्यसका लागि नेपाल प्रहरीको वाटर क्यानल प्रदर्शन स्थलमा ल्याइयो र ठाउ खाली गर्न सूचना प्रवाह गरियो । रवि पक्षधर आन्दोलनकारी झनै आक्रोशित बन्न थाले । अन्तत प्रहरीले प्रदर्शनकारी माथि पानीका फोहोरा प्रहार गर्न थाल्यो ।
त्यही मौकामा प्रदर्शनकारी तर्फबाट प्रहरी तर्फ एउटा पानीको बोटल प्रहार भयो । अनि रवि पक्षधर प्रदर्शनकारी आन्दोलनमा घुसपैठ भयो भन्दै एक युवा माथि जाइलागे । लात्ती र मुक्का प्रहार गर्दै युवाहरुले निर्घात कुटपिट गरे ।
पिटाई खाने व्यक्ति तस्विरमा देखिएका रातो टिसर्ट र कालो विनचिटर लगाएका युवा हुन् । उनी माथि निर्घात कुटपिट भैरहदा प्रहरी रमिते बनेको थियो ।
रास्वपाको प्रदर्शन मै खटिएका केही युवाहरुले उनलाई भिडबाट जोगाउन खोज्दै थिए । तस्विरमा देखिएका दाह्री पालेका युवासहित केहीले उनलाई भिडबाट उम्काएर प्रहरीलाई बुझाउन लैजादै थिए । त्यसक्रममा पनि उनी माथि पछाडिबाट आक्रमण भैरहेको थियो ।
अन्तत प्रहरीले ती युवालाई जिल्ला प्रशासन कार्यालयको गेट भित्र लगेर उनको उद्धार गर्यो । यद्यपी सो समाचार तयार पार्दासम्म कुटाई खाने यि युवाको पहिचान खुल्न सकेको छैन ।
आखिरमा को हुन् यी युवा ? प्रहरी माथि आक्रमण गरेर आन्दोलन भड्काउन र विथोल्न आएका घुसपैठिय भनिए पनि केही रास्वपाका कार्यकर्ताले आफ्नै पक्षका युवाले पिटाई खाएको हुन सक्ने अनुमान पनि लगाइरहेका थिए । रवि दाई कै लागि आएको जस्तो छ आक्रोशमा बोटल हान्दा अनाहकमा पिटाई खायो– एक प्रदर्शनकारीले भन्दै थिए । प्रदर्शनकारीले शंक गरे जस्तै घुसपैठ हुन् वा अनाहकमा पिटाई खाएका रविका पक्षकै प्रदर्नशनकी ? अहिलेसम्म खुल्न सकेको छैन् ।
पिटाईको भिडियो लिङ्क । सुरुको २ मिनेट २० सेकेण्ड पछि नै कुट्दै गरेको र उद्बार गर्दै गरेको दृश्य छ ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया