रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दा, मंसिर ३ लाई पेसी तोकियो
समाधान संवाददाता
२०८१ कार्तिक २९ गते १३:०७

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना सम्बन्धी मुद्दा दर्ता भएको छ । सभापति रवि लामिछानेमाथि सहकारीको रकम अपचलनमा अनुसन्धान चलिरहँदा मुद्दालाई प्रभावित पार्न गरी आन्दोलन गरेको दाबीसहित अधिवक्ता अनुपम भट्टराईले रिट दायर गरेका हुन् ।
अनुसन्धानकै चरणमै अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको दाबी गर्दै उनले मुद्दा दर्ता गराएका हुन् । उक्त मुद्दामा मंसिर ३ गतेको लागि पेसी तोकिएको छ ।
रास्वपाका सांसदहरू स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, सुमना श्रेष्ठ, विराजभक्त मर्हजन, तोषिमा कार्की, सोबिता गौतमलगायतलाई अवहेलना मुद्दामा विपक्षी बनाइएको छ।
सम्बन्धित






सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
आन्दोलन छानबिन र दोषीमाथि कारबाहीको माग
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया