स्याङ्जाको भीरकोटमा भेटिए क्षयरोगका ११ जना बिरामी

स्याङ्जा । स्याङ्जाको ग्रामीण बस्तीमा क्षयरोगीको संख्या अत्याधिक देखिएको छ । भीरकोट नगरपालिका–१ बयघारीमा गरिएको क्षयरोग परीक्षण शिविरमा ११ जना क्षयरोगका बिरामी फेला परेसँग यहँ क्षयरोगीको संख्या धेरै रहेको अनुमान गरिएको हो ।
क्षयरोग खोजपडताल स्वास्थ्य जाँच निःशुल्क स्वास्थ्य शिविरमा २.४ प्रतिशत क्षयरोगका बिरामी फेला परेका हुन् । यहाँ उपचारको लागि आएका ४ सय ५० जनामा क्षयरोका बिरामी भेटिनु अत्याधिक रहेको हो ।
भीरकोट नगरपालिका र जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था(जन्त्रक)को आयोजना, जिल्ला स्वाास्थ्य कार्यालय र क्षयरोग उपचार केन्द्र पोखराको को समन्य तथा सहकार्यमा निःशुल्क क्षयरोग परीक्षण गरिएको हो ।
एआई पद्धतिको डिजिटल पोर्टेबल अत्यधुनिक मेसिन प्रयोग गरी विशेषज्ञ डाक्टर र स्वास्थकर्मीको टोलीले उपचार गरेको हो ।
दिर्घरोगी, बयोबृद्ध र क्षयरोगीको सम्पर्कमा आएकालाई लक्षित गरेर शिविरको आयोजना गरेको बताउदै जन्त्रक परियोजना अधिकृत भावना पोखरेलले शंकास्पद ३९ जनाको खकार नमुना परीक्षणको लागि जिनएक्पर्ट ल्याब लगिएको बताइन् ।
क्षयरोग लागेको छ वा छैन गाउँमै अत्याधुनिक मेसिनबाट उपचार पाएको बताउदै वडा नं –का ६८ वर्षीय इसारा एसकेले यस्ता शिविर हरेक गाउँमा लगेमा क्षयरोगीको संख्या घट्ने बताए ।
खर्च नै नगरी निःशुल्क उपचार गर्न पाएको र आफ्ुमा क्षयरोग भए नभएको थाहा पाएको उनको भनाइ थियो । स्वास्थ्य परीक्षणलाई हेर्दा क्षयरोगी गाउँ गाउँमा लुकेर बसेको र यसको निदानको लागि गतिविधि बढाउनु पर्ने आवश्यकता रहेको जिल्ला क्षयरोग अधिकृत विष्णु सुवेदीले बताए ।
यहाँ डा.प्रमोद भट्राईको नेतृत्वमा १२ जनाको स्वास्थ्यकर्मी टोलीले क्षयरोग परीक्षण गरेको थियो । यहाँ भीरकोट, अर्जुनचौपारी, पुलतीबजारका गाउँ गाउँबाट क्षयरोग परीक्षणको लागि सेवाग्रही आएका थिए ।







भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
रत्नशोभा मावि व्यवस्थापन समितिमा दोहोरिए तिमिल्सेना
१० दिनदेखि मुस्ताङ–डोल्पा सडक अवरुद्ध
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया