खेलकुद पत्रकार मञ्चको पदस्थापन

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीका नवनिर्वाचित कार्यसमितिको शनिबार पोखरामा पदस्थापन गरिएको छ । मञ्चको तेस्रो अधिवेशनबाट निर्वाचित एमबी आस्थामगर नेतृत्वको टिमलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा पदस्थापन गरिएको हो ।
निर्वाचन समितिका संयोजक केशव बरालले नवनिर्वाचित टिमलाई पद तथा गोपनियताको सपथ गराएका थिए । सञ्चारमन्त्री गुरुङले निर्वाचितलाई प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा सञ्चार मन्त्री गुरुङले सञ्चार क्षेत्र व्यवस्थित हुनुपर्ने बताए । यो क्षेत्र आफैंमा अनुशासित हुन नसकेको उनको भनाइ छ ।
‘प्रिन्ट र ब्रोडकास्टिङमा त्यति ठूलो समस्या छैन् तर अनलाइन मिडियामा यस्तो ठूलो समस्या छ । हाम्रो सभ्यता, मर्यादा नाघेर स्वाधीनता, स्वतन्त्रताको विरुद्धमा लेखिदिन्छ,’ उनले भने, ‘यसले गर्दा सामाजिक, धार्मिक दुर्भावना फैलाइराखेको हुन्छ । यस्तो मिलेर बसेको समाजलाई अस्तव्यस्त पारिरहेको छ ।’
अनलाइन मिडिया नियमन गर्नका लागि सामाजिक सञ्जाल प्रयोग, सञ्चालन र नियमन विधेयक पास गरिसकिएको उनले बताए । उक्त कार्यक्रममा निवर्तमान अध्यक्ष दीनानाथ बराल, निर्वाचित अध्यक्ष एमबी आस्थामगर, अध्यक्षका प्रत्यासी सुरज श्रेष्ठ लगायतले हरेक खेल क्षेत्रको विकासका लागि पत्रकारिताका माध्यमबाट खबरदारी र प्रचारप्रसारमा ध्यान दिनुपर्ने बताए ।
बिहीबार भएको नेपाल खेलकुद पत्रकार मञ्चको अधिवेशनबाट अध्यक्षमा पत्रकार एमबी आस्थामगर निर्वाचित भएका हुन् । प्रतिस्पर्धी सुरज श्रेष्ठलाई पराजित गर्दै एमबी अध्यक्ष निर्वाचित भएका हुन् । एमबीले ३६ मत पाउँदा सुरजको २७ मत आएको थियो ।
उपाध्यक्षमा उमा आलेमगर ३६ मतसहित विजयी भएकी थिइन् । उनकी प्रतिस्पर्धी राधिका कँडेलले २७ मत ल्याइन् । पर्शुराम शर्मा महासचिव निर्वाचित भएका थिए । उनले ३८ मत ल्याउँदा सोही पदकी प्रतिस्पर्धी लक्ष्मी जिसीले २५ मत पाइन् ।
सचिवमा राजु गिरी ४१ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी कविता घर्तीमगरले २३ मत पाएकी थिइन् । उपाध्यक्षमा राजाराम पौडेल र कोषाध्यक्षमा भने विमल तिवारी निर्विरोध भएका थिए । सदस्यमा गीता राना, कृष्ण दवाडी, चेतबहादुर (प्रवीण) थापा, बसबहादुर (वसन्त) शेर्पा, रिखिराम जिसी, विजय नेपाली र बालकुमारी पौडेल निर्विरोध भएका थिए ।





अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया