चार भाइ व्याडमिन्टन कप सकियाे

पोखरा ।
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने उद्घोषका साथ आयोजित पाचौ चार भाई व्याडमिन्टन कप २०८१ सम्पन्न भएको छ । चार भाई युवा क्लवको आयोजनामा ताङलेकोट तमु समाज नयाँगाउँको हलमा भएको प्रतियोगिता माघ ११ गते शुरु भई १३ गते सम्पन्न भएको हो ।
कपका लागि गण्डकी प्रदेश र अन्य प्रदेशका विभिन्न जिल्लाबाट प्रतियोगी सहभागी भएका थिए । प्रतियोगीता अन्र्तगत मेन्स डवल्स बि लेवल ,मेन्स डवल्स सी लेभल र गण्डकी प्रदेश स्तरीय खुल्ल्ला मिक्स डवल्स गरी तीनवटा ईभेन्टस मा खेल सम्पन्न भएको खेल संयोजक विष्णु गुरुङले जानकारी दिए ।
जसअन्र्तगत बी लेभल मेन्स डवल्स तर्फ प्रथम हुदै अमर थापा र सागर थापाको जोडीले रु.४५ हजार ,उपविजेता बनेको विधान गुरुङ र भुवन सुनारले ३० हजार र तृतीय हुन सफल तुल गुरुङ र पुकार गुरुङ साथै विमल कुमाल र आशिष शाहीको जोडीले समान ८/८ हजार प्राप्त गरे । त्यसैगरी मेन्स डवल्स सी लेवल विजेता भरत थापा र दियान थापाको जोडीले प्रथम पुरस्कार स्वरुप रु.४० हजार प्राप्त गरे ।
दोस्राे हुन सफल विक्की गुरुङ र बसन्त पौडेलको जोडीले २५,००० र तेस्राे हुन सफल सनिल थापा र नवीन थापा साथै कपिल गुरुङ र टोप वहादुर तरामुको जोडीले समान रु.७/७ हजार प्राप्त गरे ।
गण्डकी प्रदेश स्तरीय खुल्ला मिक्स डवल्स खुल्ला तर्फ प्रथम हुने जोडी विशाल खड्का र दिलाशा रानाले रुं २५ हजार द्धीतिय हुने टीम अक्षय क्षेत्री र अनु रानाले रु.१५ हजार र तृतीय हुने समुहहरु ईशान खडका र यामकुमारी गुरुङ साथै सुरेन्द्र हमाल र पुनम गुरुङले समान ६,६ हजार प्राप्त गरेको क्लवका अध्यक्ष सुरेश गुरुङले जानकारी दिनुभयो । प्रतियोगिताको समापन कार्यक्रम वडा नं १५ का वडा अध्यक्ष तोरण बहादुर बानियाँको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
पुरस्कार वितरण गनुृहुदै प्रमुख अतिथी बानियाँले चार भाई युवा क्लवको यस प्रतियोगिताले व्याडमिन्टन खेलको विकासमा विशेष सहयोग पुग्ने बताउदै आगामी दिनमा पनि सहयोग रहने बताए ।
यस प्रतियोगीतामा कास्की ,स्याङजा ,चितवन ,तनुहँ ,म्याग्दी लगायतका जिल्लाहरुबाट करीव २७० खेलाडीहरु सहभागी थिए भने हजारौले प्रत्यक्ष अवलोकन गरेका थिए । प्रतियोगिताबाट बचत रकम अनाथ, असाहाय, वालगृह मा सहयोग प्रदान गरीने चार भाई युवा क्लवका सदस्य बम गुरुङले जानकारी दिए । समापन कार्यक्रमको सञ्चालन सहसचिव अर्जुन गुरुङले गरेका थिए भने क्लवका अध्यक्ष सुरेश गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया