अली मियाँ स्मृति सेभेन ए साइड फुटबल जारी

पोखरा ।
लोक कवि अली मियाँ स्मृति चौँथो खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता मंगलबार ६ खेल भएका छन् । पोखरा–१३ मा रहेको माछापोखरी फुटबल मैदानमा भएका खेलमा रामघाट एफसी, न्युरोड एघार, पोखरा जब्स, सिभिक कन्स्ट्रक्सन, ए सेभेन ब्रोदर्स, ८२९ फ्याम्ली र स्लाइट एफसी (बी) दोस्रो चरणमा प्रवेश गरेका छन् ।
रामघाटले लिभिक एफसी (बी)लाई १–० गोल अन्तरले पराजित गर्दा स्नीकम भल्टलाई न्युरोड एघारले १–३ गोल अन्तरले पराजित गर्यो । पोखरा जब्सले एम–१३ लाई ३–२ को कठिन जित निकाल्दा स्याङ्जा एफसीलाई पराजित गदैँ सिभिक कन्स्ट्रक्सनले ३–० को सहज जित निकाल्यो ।
ए–७ ब्रोदर्शलाई १–४ को फराकिलो गोलअन्तरले पराजित गदै गन्नी एफसी दोस्रो चरणमा प्रवेस गरेको छ । यस्तै इलाइट एफसीलाई १–३ को गोल अन्तरमा पराजित गदै एनके एफसी (ए)ले खेल जितेको छ ।
विमल एफसी खेलमा सहभागि नहुदाँ ८२९ फ्याम्ली स्वत दोस्रो चरणको लागि छनोट भएको छ । प्रतियोगिता अन्तरगत बुधबार दोस्रो चरणका खेल हुने आयोजक समितिका शम्सुुल हकले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ४० हजार र द्धितीय हुने टिमले ८५ हजार पुरस्कार पाउने छन् । यस्तै विधागत तर्फ वेष्ट फरवाड, मिड–फिल्डर, डिफेन्सर, गोलकिपर र हाइस्केररलाई नगद ५/५ हजारले पुरस्कार पाउने छन् । नेपाल मुस्लिम युवा समिति पोखरा–१३ को आयोजनामा भएको प्रतियोगिता यही माघ २० गतेसम्म चल्ने छ ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया