लिटिल स्टेपमा ह्याण्डबल प्रतियोगिता

पोखरा । लिटिल स्टेप माध्यमिक विद्यालयको ४२औँ वार्षिकोत्सवको सन्दर्भमा बालबालिका लक्षित १२ औं लिटिल स्टेप यू १२ (अप टु ग्रेड ५) छात्र छात्रा ह्याण्डबल प्रतियोगिता २०८१ आयोजना गरिएको छ ।
पोखरा लिङ्कन इन्टरनेशनल कलेजको संयोजनमा दुई दिनसम्म भएको अन्तर विद्यालय स्तरीय प्रतियोगितामा छात्रतर्फ २१ र छात्रातर्फ १३ गरी ३४ स्कुलले भाग लिएका छन् । प्रतियोगितामा छात्रतर्फ अल्फा बोर्डिङ स्कुल र छात्रातर्फ हिमालयन बोर्डिङ स्कुल प्रथम भए । विजेता टिमलाई ८ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएकोे छ । प्रतियोगितामा छात्र तथा छात्रा दुवैतर्फ द्वितीय स्थान हासिल गर्ने लिटिल स्टेप माध्यमिक विद्यालयको टिमलाई ७ हजार नगद सहित सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरियो । त्यस्तै सेमी फाइनलमा उपविजेता टिमलाई तृतीय मानेर छात्रतर्फ माउण्ट अन्नपूर्ण र पोखरा एकेडेमी र छात्रातर्फ गण्डकी बोर्डिङ स्कुल र माउण्ट अन्नपूर्णलाई ६ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र गरेको विद्यालयका संस्थापक अध्यक्ष शेरबहादुर गुरुङले जानकारी दिए ।
प्रतियोगिताको सर्वाधिक गोलकर्ता छात्रतर्फ अल्फा बोर्डिङ स्कुलका विश्वास केसी र छात्रातर्फ लिटिल स्टेप माध्यमिक विद्यालयकी एलिना गुरुङलाई १ हजार नगद सहित पुरस्कृत गरिएको छ । फेयर प्लेमा छात्रतर्फ विन्देश्वरी आदर्श बोर्डिङ स्कुल र छात्रातर्फ सिर्जना माविलाई १÷१ हजार नगद सहित पुरस्कृत गरियो । उत्कृष्ट खेलाडी पुरस्कार छात्रतर्फ अल्फा बोर्डिङका विपिन छन्त्याल र छात्रातर्फ हिमालय बोर्डिङ स्कुलकी सुनसुभ थापामगरलाई जनही १/१ नगद सहित पुरस्कृत गरिएको छ । उत्कृष्ट गोल रक्षक पुरस्कार छात्रतर्फ लिटिल स्टेपका देवबहादुर मगर र छात्रातर्फ हिमालय बोर्डिङ स्कुलकी वर्षा सुनारलाई जनही १/१ नगद पुरस्कार प्रदान गरिएको छ । सो प्रतियोगितामा अफिसियल टिमलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि शसस्त्र प्रहरी बलका पूर्व अतिरिक्त महानिरीक्षक दुर्जकुमार राईले बालबालिकालाई लक्षित गरी प्रतियोगिता गरेकोमा विद्यालय प्रति आभार प्रकट गरे । विद्यालयका संस्थापक अध्यक्ष शेरबहादुर गुरुङले १२ औं संस्करणसम्मका प्रतियोगिता सफल बनाउन प्रत्यक्ष परोक्ष सहयोग गर्न ह्याण्डबल पदाधिकारी, प्रायोजक, शुभचिन्तक, सुरक्षाकर्मी, शिक्षक, अभिभावक, विद्यार्थी लगायत सबैलाई धन्यवाद दिए । उनले प्रतियोगितालाई आगामी दिनमा समेत निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । विद्यालयका संस्थापक प्राचार्य पम्फा गुरुङले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन विद्यालयका गणित विभागका प्रमुख चित्रबहादुर अधिकारीले गरेका थिए ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया