प्रदेशस्तरीय हिसान प्लस टु फुटसलको कास्की छनौटमा गुरुकुल च्याम्पियन

पोखरा । उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु फुटसल प्रतियोगिताको कास्की छनोटमा गुरुकुल विद्या सदन च्याम्पियन भएको छ ।
गुरुकुल विद्या सदनले हिसान गण्डकीको दोस्रो संस्करणको च्याम्पियन त्रिवेणी पब्लिक सेकेन्डरी स्कुल लेखनाथलाई १–० गोल अन्तरले हरायो । विद्या सदनलाई च्याम्पियन बनाउन सुमित मल्लले गोल गरे । त्रिवेणीले मदरल्यान्ड सेकेन्डरी स्कुललाई १–० र गुरुकुलले कास्की मोडनाइज स्कुललाई टाइब्रेकरमा ८–७ गोल अन्तरले हराउँदै फाइनल प्रव्श गरेका छन् ।
तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु फुटसल प्रतियोगिताका लागि कास्कीबाट १० टिम छनोट भएका छन् । छनोट हुनेमा गुरुकुल विद्या सदन, त्रिवेणी पब्लिक सेकेन्डरी स्कुल, टप्स इङलिस बोडिङ स्कुल, मदरल्यान्ड सेकेन्डरी स्कुल, डाइमन्ड सेकेन्डरी स्कुल, जुनियर सिटिजन एकेडेमी, पोखरा युनाइटेड एकेडेमी, कास्की मोडनाइज एकेडेमी, सगरमाथा सेकेन्डरी स्कुल र ग्लोबल कलेजियट छन् ।
कास्की छनोट प्रतियोगितामा ३१ विद्यालय सहभागी थिए । प्रतियोगितामा विजयी खेलाडीलाई गण्डकी प्रदेश खेलकुद समिति उपाध्यक्ष ध्वजकुमार गुरुङ, हिसान गण्डकी अध्यक्ष डा रामजी शर्मा, हिसान कास्की अध्यक्ष दिवाकर जैशी, सबिन मेमोरियल फुटबल क्लबका अध्यक्ष सञ्ञ्जय लिगल, सल्लाहाकार सन्तोष पराजुली लगायतले मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गरे ।
तेस्रो संकरणको हिसान गण्डकी फुटसल प्रतियोगिता फागुनमा हुनेछ । प्रतियोगितामा कास्कीबाट १०, नवलपुरबाट २, स्याङजाबाट १, पर्वत, बाग्लुङ र म्याग्दीबाट १, तनहुँ, लमजुङ र गोरखाबाट १ गरी १६ टिमले खेल्ने छन् । प्रतियोगिताको व्यवस्थापन सबिन मेमोरियल फुटबल क्बलले गर्दै आएको छ । प्रदेश स्तरीय प्रतियोगिताको विजेताले नगद १ लाख, मेडल, ट्रफी र उपविजेताले नगद ५० हजार, मेडल र ट्रफी प्राप्त गर्ने छन् । प्रतियोगिताका मुख्य प्रायोजन युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)ले गरेको छ ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया