कास्की जिल्ला टी—२० क्रिकेट लिग प्रतियोगिता

सांग्रिला र कास्की क्रिकेट विजयी

समाधान संवाददाता २०८१ माघ २२ गते १९:४३

पोखरा । कास्की क्रिकेट क्लबले अर्जुन कुमालको अविजित ९४ रनको योगदानमा अरण्यज्योति क्रिकेट क्लबलाई ७ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको अरण्यज्योतिले चौथो नम्बरमा आएका प्रविन पौडेलले अविजित शतकीय पारीको योगदानमा १ सय ६३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो ।

Advertisement

१० चौका र ८ छक्काको सहयोगमा ५२ बल खेलेका पौडेलले १ सय ५ रनको शतकीय पारी खेले । उनको शतक हारले ओझेलमा पार्‍यो । प्रिजन श्रेष्ठले २४ रन बनाए । नितेश गिरीले ४ ओभरमा ३ मेडन राख्दै ७ रन खर्चिएर ३ विकेट लिए । विश्वास पराजुलीले ४ ओभरमा ३२ रन दिदैं २ विकेट आफनो नाममा लेखाए ।

१ सय ६४ रनको लक्ष्य पछ्याएको कास्की क्रिकेट क्लबले अर्जुन कुमालको उत्कृष्ट ब्याटिङ फेरी एक पटक पोखरा क्रिकेट मैदानमा देखियो । उनले ९४ रन नटआउट खेले । सफल श्रेष्ठले २४, विष्णुप्रसाद शर्मा १६ रन बनाए भने विश्वास पराजुली १२ रनमा नटआउट रहे । खेलमा अर्जुन प्लयेर अफ दि म्याच घोषित भए । उनले प्राप्त गरेको ट्रफी अरण्यज्योतिका शतक पूरा गरेको पौडेललाई हस्तान्तरण गरे ।

कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित कास्की जिल्ला टी—२० क्रिकेट लिग प्रतियोगिताको मंगलबारको दोस्रो खेलमा सांग्रिला क्रिकेट क्लबले पोखरा क्रिकेट क्लबलाई २ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको पोखराले सुवास भण्डारीको अर्धशतक मद्दतमा १ सय ४४ रनको योगफल तयार पार्‍यो । रोशन पौडेलले ओपनिङ गर्दै २८ रन बनाए । अर्का ओपनर ईशान श्रेष्ठले १४ रन बनाए । चौथो नम्बरका सुवास भण्डारीले ६२ रन बनाउने क्रममा ४९ बल खेल्दै ८ चौका र १ छक्का ब्याटबाट निस्कियो ।

सुदीप पौडेलको अविजित ६१ रनमा सांग्रिला क्रिकेट क्लबले १ सय ६४ रनको लक्ष्यलाई ८ विकेट क्षतिमा भट्टायो । ४५ बल खेल्ने क्रममा ४ चौका र २ छक्का उनको इनिङमा सामेल रह्यो । अरुण अधिकारीले २४ र आदर्श झाले १८ रनको योगदानमा जितको आधार तयार भयो । प्रेम गुरुङ, अनिष धामी र सुवास भण्डारीले समान २ विकेट लिए । खेलमा सुदीप प्लयेर अफ दि म्याच बने ।

Advertisement

तपाईको प्रतिक्रिया