पोखरामा अन्तरविद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता जारी, मंगलबार ४ खेल सम्पन्न

पोखरा । पोखराको ड्याम साइड क्लबको आयोजनामा पोखरामा जारी चौथो सस्करणको अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता २०८१ अन्र्तगत मंगलबार ४ खेल सम्पन्न भएका छन् ।
पोखरा महानगरपालिका वडा नम्बर १७ को प्रवद्र्धनमा संचालन भएकोे प्रतियोगितामा मंगलबारको खेलबाट फिस्टेल एकेडेमी, हिमालयन बोर्डिङ स्कुल, शिशु निकेतन र ढुंगेसाँघु बोर्डिङ स्कुल विजयी भएका छन् ।
गण्डकी प्रदेश प्रहरी गण (ड्यामसाइड) को खेल मैदानमा मंगलबार भएकोे खेलमा फिस्टेल एकेडेमीले न्यु मिलिनियम एकेडेमीलाई टाईब्रेकरमा ४—१ को गोल अन्तरले पराजित गर्यो । निर्धारित समयमा दुबै तर्फ गोल नभए पछि खेल टाइब्रेकरमा पुगेको हो । फिस्टेलको जितमा विश्वास रानाभाट, अन्श्रिक गुरुङ, अस्मित थापा र आकृत महतले पेनाल्टी सुट आउटमा एक/एक गोल गरे भने न्यू मिलिनियमका आसिस अर्यालले एक गोल गरे । न्यू मिलिनियमका डेनियल गुरुङ र मधु रानाभाटले प्रहार गरेको पेनाल्टी सुट गोलमा परिणत हुन सकेन् । खेलमा फिस्टेलका सुगम रानाभाट म्यान अफ दी म्याच घोषित भए ।
दोश्रो खेलमा हिमालयन बोडिङ स्कुलले शिशु कल्याण ईङलिस स्कुललाई ३—१ को गोल अन्तरले पराजित गर्यो । हिमालयनको जितमा बादल रानाले एक र म्यान अफ दी म्याच घोषित संगम गुरुङले दुई गोलको योगदान दिनुभयो भने शिशु कल्याणका कृष्ण थापाले शान्त्वना एक गोल गरे ।
मंगलबारको पहिलोे खेलमा शिशु निकेतनले वेष्ट पोईन्ट चिल्र्डेन एकेडेमीलाई २—१ को गोल अन्तरले पराजित गर्यो । शिशु निकेतनको जितमा यूनिक गुरुङ र सक्षम गुरुङले एक,एक गोल गर्दा वेष्ट पोइन्टका सुलभ अधिकारीले एक गोल गरे । खेलमा सक्षम गुरुङ म्यान अफ दी म्याच घोषित भए ।
मंगलबारको तेश्रो खेलमा भने ढुंगेसाँघु बोर्डिङ स्कुलले पार्दी माविलाई एकतर्फी ३—० को गोल अन्तरले जित हासिल गर्यो । ढुंगेसाँघुको जितमा म्यान अफ दी म्याच घोषित अंकित सेवा, आरुस थापा र सुवास बि.क.ले एक÷एक गोलको योगदान दिए ।
कार्यक्रममा पोखरा १७ का वडा अध्यक्ष राधिका कुमारी शाही, समाजसेवी एवं पर्यटन व्यवसायी प्रेम बहादुर तुलाचन, क्लवका अध्यक्ष रमेशप्रसाद बराल लगायतले खेलाडीलाई म्यान अफ दी म्याचको ट्रफी वितरण गरे ।
२०४५ देखि ०५० सम्म क्लवले रमेशकुमार गुरुङ, कुमार सेरचन,बिमल भट्टराई, राजु गुरुङ, गोकुल सापकोटा, अर्जुन गुरुङ, टेक गुरुङ, जिबन गुरूङ लगायतका खेलाडी उत्पादन गरेको थियो भने क्लबका हरेक प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गर्दै क्लवले हरेक प्रतियोगितामा ड्यामसाईड क्लब लाई बिजयी गराउन सफल भएको क्लवका पूर्व अध्यक्ष पदम ढकालले जनाए ।
वसन्त गौचन, राजेन्द्र तामाङ, प्रताप शैजु, रबि थापा लगायतका खेलाडीहरुले भने लामो समय राष्ट्रिय रूपमै फुटवल खेलेको क्लवले दाबी गरेको छ । क्लवबाट उत्पादन भएका खेलाडीहरु राष्ट्रिय खेलाडीको रुपमा लामो समय रहदा आफूहरुलाई निकै खुसी लाग्ने गरेको अध्यक्ष बरालले जनाए । प्रतियोगितामा १९ वटा बिद्यालयको सहभागिता रहेका क्लवका महासचिव राकेश श्रेष्ठले बताए ।
तपाईको प्रतिक्रिया