राइजिङ र माछापुच्छ्रे क्रिकेट क्लब विजयी

पोखरा । माछापुच्छ्रे त्रिकेट क्लबले दोस्रो जित निकाल्ने क्रममा बिहीबार लेकसाइड क्रिकेट क्लबलाई ७६ रनले पराजित गरेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजना सञ्चालित कास्की जिल्ला टी—२० क्रिकेट लिग अन्तर्गत बिहीबार टस जितेर ब्याटिङ रोजेको माछापुच्छ्रे क्रिकेटले १७५ रनको विशाल लक्ष्य प्रस्तुत गर्यो । ओपनर मनोज कोइरालाईले पहिलो विकेट गुमाएपछि इनिङ सम्हाल्दै ३२ बलमा ६१ रनको पारी खेले । उनले १० चौका र एक छक्का प्रहार गरे ।
सुमित श्रेष्ठले २२ रन बनाईआउट हँुदा प्रमोद बास्तोलाले भने १८ रनको योगदान दिए । गोरे जी.टीले १७ रन बनाएका थिए । बलर हरिशंकर तिवारीले ४ विकेट लिए । १७६ रनको लक्ष्य पछ्याएको लेकसाइड क्रिकेट क्लब भने ८६ रनमा अलआउट हुन पुग्यो । अभिषेक थापाले ३ ओभरमा एक मेडन राख्दै ३ रन दिएर चार विकेट लिएपछि लेकसाईड धरासायी बन्यो । भोला यादवले २९ र रवि गुरुङले २१ रन बनाए । अन्य व्याटरले भने दोहोरो अंकको रन जोड्न सकेनन् । खेलमा प्लेयर अफ दि म्याच अभिषेक थापा भए ।
त्यसैगरी दोस्रो खेलमा राइजिङ क्रिकेट क्लबले लेखनाथ क्रिकेट क्लबलाई १६३ रनले पराजित गरेको छ । अनिल गुरुङको अविजित ९२ रनको सहयोगमा २०८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । निर्मल शाहीले २२ रन बनाए । अनिल तेस्रो नम्बमा आउँदै अनिलले ९२ रन बनाउन ५२ बल खेले । उनले १२ चौका र ४ छक्का प्रहार गरे । अर्का व्याटर कृष्ण पौडेलले ५९ रनको इनिङ खेले । २७ बलमा ३ चौका ६ छक्का प्रहार गरे ।
विशाल लक्ष्य पछ्याएको लेखनाथ त्रिकेट क्लब भने ४५ रनमा समेटियो । विकल बरालले १२ रन बाहेक अन्य व्याटरले दोहोरो अंकको रन स्कोर कार्डमा लेखिएन् । अनिष रावतले ३ विकेट लिए । खेलमा अनिल प्लेयर अफ दि म्याच घोषित भए ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया