जिल्ला खेलकुदमा १४ लाख बचत

पोखरा । जिल्ला खेलकुद विकास समिति कास्कीले १८ महिनामा १४ लाख बचत गरेको छ । वार्षिक आर्थिक प्रतिवेदन, समिक्षा एवं अन्तक्र्रिया कार्यक्रममा कोषाध्यक्ष अभिषेक थापाले आर्थिक प्रतिवेदन सार्वजनिक गर्दैै गत वर्षको असारदेखि पुस मसान्तसम्म १४ लाख ६ हजार १ सय ९० बचत गर्न सफल भएको जानकारी दिए ।
तोरण बानियाँ नेतृत्वमा जिल्ला खेलकुद विकास समितिले रंगशालाभित्रका संरचना आफू मातहत सञ्चालनमा ल्याएपछि आय बढ्दै गएको अध्यक्ष बानियाँले बताए । उनका अनुसार प्रदेश खेलकुद परिषद् गण्डकीको निर्देशनमा गठित उपसमितिको प्रतिवेदनका आधारमा दररेट कायम गरिएको थियो । अहिले रंगशाला भित्र रहेका संरचना प्रयोग गरे वापतको रकम समितिको खातामा जान्छ । उनका अनुसार फुटबल ग्राउन्डदेखि क्रिकेट मैदान, कभर्डहलको छुट्टाछुट्टै दर छन् ।
आफूहरुको नेतृत्व आएपछि भाडाको रकम समितिको खातामा ल्याउने र संरचनाको मर्मत सम्भारको काम पनि समितिले नै गरिरहेको सचिव कञ्चन थापाले जानकारी दिइन् । उनका अनुसार प्रदेश खेलकुदको निर्देशनमा रही पोखरा रंगशालाको व्यवस्थापन, सञ्चालन र सुरक्षा समितिले नै गरिरहेको छ ।
कार्यक्रममा गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले खेलाडी, खेलसंस्था र सरकारबीच सहकार्य अपरिहार्य रहेको बताए । उनले खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे । मन्त्री थापाले खेलकुद पूर्वाधारको विस्तार, खेलाडीहरूको क्षमता अभिवृद्धि तथा खेल क्षेत्रको समग्र प्रवद्र्धनलाई सरकारको प्राथमिकतामा राखिएको बताए । खेल क्षेत्रको दिगो विकासका लागि सरोकारवाला सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै स्थानीय तह, खेल संघ–संस्था, खेलाडी तथा खेलप्रेमीहरूसँग सहकार्य गरी नीति निर्माण तथा कार्यक्रम कार्यान्वयन गरिने भनाइ उनको छ ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरामा भएका हरेक प्रकारका खेलकुद सम्बन्धी कार्यक्रममा महानगरको साथ रहेको उल्लेख गरे । पोखरा पर्यटनको राजधानी भएकाले खेलकुद मार्फत पनि पर्यटन बढ्वामा टेवा पुु¥याउने हेतु गतिविधि बढाउन उनको आग्रह छ । खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोजकुुुमार गुरुङले विद्यालयले गर्ने प्रतियोगिताका लागि शुल्कमा पुनर्विचार गर्न आग्रह गरे ।
उक्त कार्यक्रममा खेल क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, खेलाडी, प्रशिक्षक, पत्रकार तथा सरोकारवालाहरूको उपस्थिति थियो । सहभागीहरूले खेल क्षेत्रमा देखिएका अवसर र चुनौतीबारे आफ्ना विचार राख्दै खेलाडीहरूको क्षमता अभिवृद्धि, पूर्वाधार विकास तथा खेल प्रशासनको सुदृढीकरणमा प्रदेश सरकारको थप ध्यानाकर्षण गराएका थिए ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया