बिटी कपमा दोस्रो चरणका खेल सुरु, शुक्रबार ८ खेल

पोखर । पोखरा महानगरपालिका १ पुरानो टुँडीखेलमा जारी आठौं विरेन स्मृति १८ औं बिटी कप सेभेन ए साइड फुटबल प्रतियोगितामा शुक्रबारदेखि दोस्रो चरणका खेल सुरु भएका छन् ।
‘हामी एक हौं’ भन्ने नारासहित क्रियाशील बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा दोस्रो चरण अन्तरगतको ८ खेल सम्पन्न भएको क्लबका अध्यक्ष असिम थापाले जानकारी दिए । उनका अनुुसार शुक्रबार भएको खेलमा आकुरा एफसीले एन टु क्याफेलाई १–० गोल अन्तरले पराजित गर्यो । आकुराको जीतमा सौरभ पुनले निर्णायक गोल गरे ।
यस्तै अर्काे खेलमा बिग सिटीले ठमेल एकता समुहलाई ३–० गोल अन्तरले हरायो । बिग सिटीको जीतमा आयुष थापाले ह्याट्रिक गरे ।
यस्तै तेस्रो खेलमा बिटी एलाई स्याङ्जा एफसीले पेनाल्टी सुट आउटमा २–१ गोल अन्तरले पराजित गर्याे ।
अर्काे खेलमा ए सेभेन ब्रदर्शलार्ई क्य्रास एफसीले ३–१ गोलले पराजित गर्याे ।
यस्तै पाँचौ खेलमा एलसी ब्रदर्शलाई लिभिक कन्स्ट्रक्सनले २–० गोल अन्तरले हरायो । लिभिकको जीतमा आश्मान थापा र अंकित थापाले समान १÷१ गोल गरे ।
छैटौं खेलमा रामघाटले सम्पदा अंकित स्पोर्टस््लाई ३–० गोलले पराजित गर्याे । रामघाटको जीतमा आशिष गुरुङले २ र शिव सुवेदीले १ गोल गरे ।
क्य्र्रास एफसीको जीतमा सुरज गुरुङले २ गोल र सञ्जय लामाले १ गोल गरे । भने, ए सेभेनका लागि प्रशान्त सुनारले १ गोल फर्काए ।
सातौ खेलमा गोल्डेन नाइटलाई कमल पोखरीले १–० गोले हरायो । कमलपोखरीको जीतमा मन्दिप गुरुङले निर्णायक गोल गरे ।
आज भएको अन्तिम खेलमा स्मृति क्लबलाई लामा गाउँले ४–० गोल अन्तरले हयायो । लामागाउँको जीतमा लिलजंग गुरुङले २ गोल र विश्व थापा र अनुज भण्डारीले समान १/१ गोल गरे । शनिबार पनि दोस्रो चरणकै खेल हुने क्लबका सचिव रेशम सापकोटाले बताए ।
उनका अनुसार कुल ४८ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेताले १ लाख ८१ हजार १ सय ११ र उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
उनका अनुसार प्रतियोगितामा विधागतर्फ सर्वोकृष्ट खेलाडी, गोलरक्षक, डिफेण्डर र मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही नगद ७/७ हजार पुरस्कार प्राप्त गर्नेछन् ।
यस्तै प्रतियोगितामा अनुशासित टिमलाई ९ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया